सेन्दाई , जापान ।

एनआरएनए जापानले गठन गरेको क्षेत्रीय कमिटि बिस्तार एवं सहजिकरण समितिले गत शनिवार सेन्दाई क्षेत्रलाई समेट्ने गरि एक भेला सम्पन्न गरेको छ । भेलाले एनआरएनए जापान को बैठकको निर्णय अनुसार “एनआरएनए जापान, सेन्दाई क्षेत्रिय प्रथम अधिवेशन आयोजक कमिटि “गठन गरेको छ। यहि जुलाई १ तारिख अधिवेसन सम्पन्न गर्ने अख़्तियारी दिदै प्रल्हाद सिंह महतको संयोजकमा १९ सदस्यीय मुल आयोजक कमिटि पनि गठन गरिएको जानकारी गराईएको छ । १ सय जना भन्दा बढी नेपालीहरुको उपस्थित रहेको उक्त भेलामा राष्ट्रीय कमिटिका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासि लामा,सचिव बुद्धि राज घिमिरे ,सदस्य अनिल थापा का साथै कान्तो क्षेत्रीय कमिटिका संयोजक प्रकास थापा ,एनआरएनए जापानका पुर्व कोषाध्यक्ष तेज़ अर्याल तथा टोकियो बाट हिमाल कडेंलको पनि कार्यक्रम मा उपस्थिति रहेको थियो।