नवनियुक्त राजदूत प्रतिभा राणा कार्यभार सम्हाल्न जापान आईपुगिन

Everest Fuji News २०७४ जेठ ४ मा प्रकाशित       Published at 2017 May 18


प्रेमिला गौचन जापान । जापान लागि नेपाली राजदूत प्रतिभा राणा आज जापान आईपुग्नु भएको छ । साथमा उहाको श्रीमान विनोद शम्सेर राणा नेपालबाट सङ्गै आउनु भएको छ । उहा हरु क्याथे प्यासिफिक विमानद्वारा हन्कन्ग ट्रान्जिट हुँदै जापानको टोकियो स्थित हानेदा विमानस्थलमा अपरान्ह १:३० मा अवतरण गर्नु भएको हो । राजदूत राणालाई स्वागत गर्न कार्यवाहक राजदूत कृष्ण चन्द्र अर्याल , द्वुतिय सचिव टोप नारायण गिरी , रेवन्त केसी विमानस्थल परिसर सम्म पुगेका थिए । १८ घण्टा लामो हवाइ यात्रामा आउनु भएकी राजदुत राणा सँग एभरेस्टफुजीन्युज डट कमका सम्पादक प्रेमिला गौचन सँग छोटो कुराकानीमा उहाले 'जापानबासी नेपालीहरु सङ्गै रहेर विगत ६ दशक देखीको नेपाल जापानको दौत्य सम्बन्धलाई अझै प्रगाढ बनाउदै लैजाने विश्वास दिलाउनु भयो । उहालाई स्वागत गर्नको लागि एनआरएन जापानका अध्यक्ष सुदन थापा, टाशी लामा , प्रल्हाद सिँह महत पनि पुष्प गुच्छा सहित पुगेका थिए । त्यस्तै नेपाल जापान नागरिक समाजका अध्यक्ष कलेन्द्र विक्रम शाही, बिबी होलिडेजकी प्रबन्धक निर्देशक सविना भट्ट , ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यय लगायतका पदाधिकारी , कानुन व्यवसायी खगेन्द्र चापागाइ, सचारकर्मी विरेन्द्र पौडेल , प्रेमिला गौचन लगायत अन्य व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । राजदूत राणा केही महिना अघी नेपाल सरकारको मन्त्रीपरिषदले  राष्ट्रिय प्रजातन्त्र पार्टी ( रा प्र पा ) को कोटामा मनोनित हुनु भएको हो । विदेश स्थित पहिलो पटक महिला राजदुतमा उहा लगायत ३ जना नियुक्त भएका थिए । अस्ट्रेलियाको लागि लक्की शेर्पा र ओमानका लागि शर्मिला पराजुली राजदूतमा नियुक्त भएका थिए । तर उनिहरुको नियुक्त्ती विवास्पद बनेको थियो भने जापानका लागि नियुक्त भएका राणा स्वच्छ छवी भएका व्यक्ती हुन ।    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.