जापान ।

नेपाली चलचित्र ‘शायद २ ‘ को प्रदर्शनको लागि नेपाल बाट कलाकारहरु जापान आई पुगेका छन । कलाकारहरुलाई नारिता विमानस्थलमा आयोजक बिकास श्रेष्ठ , इश्वर श्रेष्ठ र साथमा सुभाश लामिछानेले पनि स्वागत गरेका थिए।
नेपालमा असार ३० गते लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘ सायद २ ‘ यहि मे १४ मा जापानको राजधानी टोकियो शहरमा रहेको नाकानो जिरो हलमा बिषेश प्रदर्शन गरिने बिकास श्रेष्ठले जानकारी दिनु भएको छ ।
नेपाल बाट निर्माता सुनिल रावल ,प्रस्तोता दुर्गिश थापा,अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल समेत चलचित्र प्रिमियरको लागि जापान आउदैछन् । चलचित्रको प्रिमिएरका लागि सम्पुर्ण

तयारी सकिएको र चलचित्रको प्रदर्शनबाट संकलन भएको केही रकम जापानमै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृतिको लागि सहयोग गरिने निर्माता रावलले बताए ।
सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य रहेको चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपाने ले गरेका हुन् ।
निर्माणमा रावललाई इश्वोर श्रेष्ठ र सुवास लामिछानेले सघाएका छन् । दुर्गिश फिल्मस्को ब्यानरमा निर्मित यो चलचित्रमा सुशिल श्रेष्ठ , श्यारोन श्रेष्ठ , अमृत ढुंगाना , सोभित बस्नेत , कुशल पाण्डे , सुनिल रावल , निशा कार्की , रुबिना श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।