जापानको नेपाली युवाहरुको मुटुमा बस्न सफल एलुजन व्याण्डले बिद्द्यार्थीहरुलाई लक्षित गरी खाजा सहित लाईभ कन्सर्ट गर्ने भएको छ । टोकियो स्थित शिन ओकुबोमा रहेको नेपाल जापान सान्स्कृतिक प्रतिष्ठान अन्तर्गत रहेको नमस्ते गीत गजल नामक रेष्तुरेन्टमा गर्न लागिएको हो ।
रेस्टुरेन्टले जापानको साताव्यापी विदाको अवसरमा नेपाली विद्द्यार्थिलाई लक्षित गरी सस्तो मुल्यमा खाजा सहित निशुल्कमा म्युजिक हल उपलब्ध गरेको प्रतिष्ठानको व्यवस्थापनले जनाएको छ ।
जापानको पहिलो र एक मात्र नमस्ते गीत गजल नेपाल तथा जापानमा स्थापित कलाकारहरु द्वारा खोलिएको हो । जसमा जापानी लगानीकर्ता पनि रहेको छ ।
म्युजिक क्षेत्रमा लागेका नेपाली युवालाई प्रोत्साहन दिनको लागि यो कार्यक्रमको आयोजना गरेको प्रतिस्ठानका सुदिन गुरुङले एभरेष्ट फुजि न्युज डट कमलाई बताउनु भयो ।
कार्यक्रम :
मे ५ तारिख-२०१७
समय:साँझ ८~२ बजे सम्म
प्रबेश शुल्क : १५०० एन ( चिउरा सेट सहित + १ ड्रिन्क्स )