धुर्मुश सुन्तलीलाइ जापानमा भव्य स्वागत , कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी -

Everest Fuji News २०७४ बैशाख १६ मा प्रकाशित       Published at 2017 Apr 29


शनिबार , बैशाख १६ प्रेमिला गौचन , टोकियो , जापान । सनराइज कर्पोरेशनको निमन्त्रणामा धुर्मुश सुन्तली (सिताराम कटेल , कुन्जना घिमिरे ) , निर्देशक तथा संचारकर्मी दिनेश डि .सी ., हास्य कलाकार दिपक आचार्य ( बाङगे बुढा) , पव गायक दिपक बज्राचार्य शनिवार बिहान जापान आईपुगेका छन । उनीहरु आइतवार टोकियो स्थित नाकानो जिरो हलमा ' धुर्मुश सुन्तली साँझ-२०१७' कार्यक्रममा सहभागी हुनका लागि आएका हुन । एकाबिहानै हानेदा अन्तरराष्ट्रिय विमास्थलमा स्वागत गर्न पुगेका शुभ चिन्तक हरु सँग खुशी साट्दै 'पहिला भन्दा अहिले निकै धेरै नै आउनु भएको रहेछ' भन्दै खुशीका साथ निकै नै उत्साहित भएको प्रतिकृया दिएका थिए । बिहान ७ बजे नै एनआरएन जापानका प्रतिनिधी , समाज सेवी , संचारकर्मी लगायतका व्यक्तित्वहरु २० जना जती विमानस्थलको परिसर पुगेका थिए । शुभ चिन्तक हरु शिजोउका केन ,हामामाच्चुबाट आउनु भएका निरु लामा पनि विमानस्थलसम्म पुगेका थिए भने योकोहामा र टोकियोकापनि विमानस्थल सम्म   शुभ चिन्तक हरु स्वागत गर्न पुगेका थिए । गम्भिर स्वभावका पव गायक दिपक बज्रचार्य पहिलो पटक कार्यक्रमकै सिलसिलामा सन २००२ मा जापान आएका हुन भने उनको आगमन यो चौथो हो , त्यस्तै डिसीको पनि चौथो , धुर्मुश सुन्तलीको तेस्रो र आचार्यको भने पहिलो भ्रमण हो । कर्पोरेशनका अध्यक्ष तथा पत्रकार रबिन्द्र गोर्खालीका अनुसार जापानवासी नेपालीहरु धुर्मुश सुन्तली ले जुन नेपालमा उदाहरणिय काम गर्नु भएकोले हामीले यो   कार्यक्रमको लागी टिकट सजिलै सँग विक्री गर्न सकेको र व्यवस्थापनमा पनि सहज भएको अभिव्यक्ती दिए । गोर्खालीको जापानमा यो दोस्रो कार्यक्रम हो । आइतवार साँझ ५ बजे बाट ९ बजेसम्म हुने सो कार्यक्रममा अत्याधिक दर्शकहरुको घुइचो हुने भएकोले व्यवस्थापनको लागि अपरान्ह २ बजे नै कार्यक्रमस्थल पुग्ने योजाना भएको कर्पोरेशनका प्रवन्धक निर्देशक हरी सापकोटाले एभरेष्ट फुजी न्युज डट कमलाई जानकारी दिए । स्वोच्छिक प्रयास र स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको अनुदानबाट निर्मित 'धुर्मुश सुन्तली फाउन्डेशन' अन्तर्गत ' गिरान्चौर धुर्मुश सुन्तली ' र 'मुशहर वस्ती धुर्मुश सुन्तली नामक भवन निर्माण गरी स्थानिय वासीलाई हस्तान्तरण गरी सकेका छन । नेपाल सरकारलाई विभिन्न दात्री निकाय तथा बिदेशबाट भुकम्प पीडितका लागि अर्वौ अनुदान गए पनि अझै पुन: निर्माणको काम हुन सकेको छैन । आइतवार हुने कार्यक्रममा ' धुर्मुस सुन्तली फाउन्डेशन ' का लागि सहयोगी हातहरु निकै नै उठ्ने सम्भावना रहेको आयोजकको दावी छ । यस कार्यक्रमको लागि मुख्य प्रायोजक सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गरेको छ भने , सह प्रायोजकमा एभरेष्टफुजी न्युज डट कम लगायत अन्य व्यापारिक तथा सामाजिक संस्थाहरुले प्रायोजन गरेका छन । https://youtu.be/JlL_30we6g8   https://youtu.be/9SPYhjivNQ8   https://youtu.be/u1YO3GT6PPU  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.