जापान ओपन तेक्वान्दो च्याम्पियनसिप अन्तरास्ट्रिय प्रतियोगितामा सम्पन्न -

Everest Fuji News २०७४ बैशाख ११ मा प्रकाशित       Published at 2017 Apr 24


जापानको ओसाका मा सम्पन्न १५ औ वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरास्ट्रिय प्रतियोगितामा १६ देसको २९ र २७ खेलाडी हरुलाइ हराउदै क्रमश २५ केजी का १० बर्ष का प्रजुन कुइकेल ले फाइनलमा कजाकिस्तान लाई हराउदै स्वर्ण पदक र १० बर्ष कै २९ केजी का बिबेक श्रेष्ठले फाइनल मा मकाउ लाई हराउदै गोल्ड मेडल जितेका छन त्यसैगरी तिलक लामा ७४ केजी मुनिको फाईनलमा हङ्कङ का खेलाडी सँग पराजित भै दोश्रो पदक हात पार्न सफल भएका छन् बिबेक श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जितेका छन् भने १० बर्षकी प्रगती कुइकेल ले मलेसिया लाई हराउदै सेमिफाइनल पुगेको तर सेमिफाइनलमा जापान सग पराजित हुँदै कास्य पदक मा सिमित भएकी छन् बिबेक श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन. टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । बिभिन्न विधामा गरी जम्मा ५००खेलाडी ले भाग लिएको प्रतियोगितामा स्थानिय सहयोग एनआरएन कान्साइका नि. वर्तमान अध्यक्ष तथा क्योउदाइ रेमिटान्स (आइ.एम.इ.) कान्साईका प्रमुख नरेन्द्र बस्नेत ले गर्नुभएको र खेलाडीहरुको हौसला र सहयोगको लागि उल्लेख्य रुपमा कान्साई बासि नेपालीहरुको उपस्थिति भएको जानकारी प्राप्त भएको छ । बिजयी खेलाडीहरु र टिमलाई आज अप्रिल २४ तारिक ओसाकामा एन.आर.एन कान्साइले रात्रिभोज तथा बधाई कार्यक्रम राखेको बस्नेतले जानकारी गराउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.