झापा शनिश्चरे ३ घर भई ८ महिना अगाडी जापान आउनुभएर कामता स्थित राईस सेन्टर (बेन्तो ) मा कार्यरत रहि १५ अप्रिलमा असामयिक मृत्यु हुनुभएको खेमराज डाँगीको भावपूर्ण श्रद्धान्जली सहित अन्त्येष्टि कार्यक्रम यहि अप्रिल २१ तारिक शुक्रवार दिनको २ बजे निशी गोताण्डा स्थित किरीगीया साईज्योउमा गरिने जानकारी एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारीले बताउनु भएको छ । साथै झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अन्त्येष्टी कार्यक्रममा सहभागी भई मृत आत्मालाई भावपूर्ण श्रद्धान्जली दिनको लागि उपस्थिति भईदिनका लागी जापानका समस्त नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।
डाँगीको अस्तु यथाशिघ्र चाँडै नै नेपाल पठाउनको लागि आवस्यक सम्पूर्ण तयारी पनि सकिसकेको जानकारी उपाध्यक्ष भण्डारीले दिनुभएको छ । झापाली समाज - जापानका महासचिव एवं पूर्वी नेपाल विकास सहकार्य मन्चका झापा सह संयोजक चुडामणि काफ्लेले मृतकको अस्तु परिवार समक्ष हस्तान्तरण गर्नुहुने कुरा बताउनु भएको छ ।
मृतक डाँगीको श्रीमती ,६ बर्षको एक छोरा र बुवा आमा रहेको जानकारी मृतकका सालो राजकुमार कुँवरजीले बताउनुभएको छ । साथै मृतकको परिवारको आर्थिक स्थिति अत्यन्त नाजुक भएकोले जापानमा अवस्थित विभिन्न संघसंस्था, पेशाकर्मी, व्यवसायी लगायत समस्त सहयोगी मनहरुमा सहयोगको अपिल गरेको छ ।
अन्त्येष्टी कार्यक्रमको विस्तृत विवरण
मिति : २०१७/०४/२१ तारिक शुक्रवार
समय : २:०० बजे (दिउँसो )
श्रद्धान्जली कार्यक्रम १:३० बजे (दिउँसो )
स्थान : तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२०
東京都品川区西五反田5-32-20
Tel : 03-3491-0213
सम्पर्क :
देवीलाल भण्डारी ( उपाध्यक्ष - एनआरएन जापान ) ०८०-४७१७-४८८६
चुडामणि काफ्ले ( महासचिव - झापाली समाज - जापान)
०७०-३८५०-९५९७
राजकुमार कुँवर ( मृतकको सालो )
०८०-३७०७-९७००
अार्थिक सहयोगको लागि
राजकुमार कुँवर ( खाता नं : १८१२०- ३२२३०४११)