जापानीजहरुले मनाउने चाड 'Golden Week' को अवसरमा टोकियोमा हुने रंगिन-साँझमा गायिका तथा मोडल ज्योती मगर, लोक-गाएक तथा मोडल पुष्कल शर्मा, नृत्याङ्गना तथा म्युजिक भिडियो निर्देशक स्मृती तिमील्सिना 'गुरुआमा' जापान आउने भएका छन |

Ranginsansar.com ले आयोजना गरेको कार्यक्रम May 4 विहिबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेभएको छ । जापानबाट सन्चालित Ranginsansar.com को उक्त समयमा औपचारिक उद्घाटन गरिने आयोजकले बताएका छन । जापानमा सक्रीयरुपमा जापानबाट पत्रकारिता गरेका एकजनालाई ५० हजार जापानीज यन बराबरको 'रङ्गिन पत्रकारिता पुरष्कार' प्रदान गरिने भएको छ । उक्त समयमा अन्य कार्यक्रमहरु भएपनी ज्योती मगर आउने भनेपछी छुट्टै चर्चा चलेको छ ।
जापानका अन्य ठाउहरु फुकुओका, नागोया र गुन्माबाट पनि कार्यक्रमको निम्ती माग भएको आयोजकले बताएको छ । कार्यक्रम दिनको ३ बजेबाट मेगुरो स्टेशननजिक रहेको मेगुरो कुमिन सेन्टर हलमा हुने भएको छ । निर्देशक स्मृती तिमील्सिनाले जापानमा रहेर कलाकारितामा सक्रीय रहेका सङ्गितकर्मिहरुसङ्ग मिलेर १ दर्जन जती भिडियो छायाङ्कन गर्ने जानकारी गराउनुभएको छ ।