१६ वर्ष पछी कान्दारा ब्याण्डले जापानबासी नेपालीलाइ भावुक बनाए -

Everest Fuji News २०७४ बैशाख ४ मा प्रकाशित       Published at 2017 Apr 17


मँगलबार, बैशाख-५

प्रेमीला गौचन , जापान । १६ वर्ष पछी साँगीतिक क्षेत्रमा फर्केका कान्दारा ब्याण्डले गत आईतबार जापानवासी नेपालीलाई  उनीहरूको सँगित मार्फ़त भावुक बनाएका छन् । कास्की समाज जापानको पहिलो साङ्गितीक कोसेली पोखराकै चर्चित कन्दारा ब्याण्ड लाई निमन्त्रणा गरि  भरिपूर्ण मनोरन्जन दिन सफल भएको हो । २०७४ सालको तेस्रो  दिन टोकियो स्थित ओता कुमिन सेन्टरमा भएको सो साङितिक कार्यक्रममा पोखरा बाट आएका अतिथी गायक बिनोद बानिया सहित कान्दारा ब्याण्ड समुहको प्रस्तुति रहेको थियो । "म कहाँ छु , मेरो देश कहाँ छ ..?? बोलको गीत गाउदै विनोद बाँनिया जव स्टेजमा आए , दर्शकदिर्घामा एउटा सुनसान मझेरीमा भावुकता झल्किएको थियो । जब कि गायक गीत गाउदै गर्दा हुटिङ अनी तालीका गड्गहाड्ले कार्यक्रम हल गुन्जायमान हुन्छ , त्यहा पटक्कै त्यस्तो अनुभुती भएको थिएन । यसले विदेशमा बसेका नेपालीहरू स्वदेश प्रती चिन्तित र भावूक झल्किएको देखिन्थ्यो । पक्कै पनि स्वदेशमा राम्रा सम्भावना भएको भए पोखराका प्रख्यात व्याण्ड कन्दाराले १६ वर्ष सम्म विश्राम लिनु पर्ने थिएन | १४ वर्षसम्म मेन भोकलिष्ट विवेक श्रेष्ठ बेलायतमा पलाएन भए भने अन्य व्यान्ड मेम्बरहरु पनि अन्य पेशा अपनाए । राज्यले कलाकार, खेलाडी लगायत अन्य बिधामा देशलाई योगदान दिने व्यक्तित्वलाई सम्बोधन गरिनु पर्ने सरोकारहरुको भनाइ छ । भर्खरै ३ वर्ष अघी मात्रै गठन भएको कास्की समाज, जापानको निमन्त्रणामा आएका कन्दारा व्यान्ड सङ्गै अतिथी गायकको रुपमा आएका विनोद वानिया पोखराकै सैनिक विद्यालयमा संगीत सिकाउदै आएका छन , उनले जापानवासी नेपालीलाई राष्ट्रिय भावनाले भरिएका गीत मार्फत दर्शकलाई मनोरन्जन दिएका थिए । स्रस्टा सरोज गोपालका गीतहरु गाउन मन पर्ने वानियाले उनका गीत प्रस्तुत गर्दै स्व.नारायण गोपाल र स्व.गीतकार विनोद गौचनलाई पनि सम्झे । करिव १६ , १७ पहिले पोख्रेली लगायत अन्य भागका नेपालीहरुको मुखमै झुन्डेको सरोज गोपालद्वारा रचीत गीत "देउराली उकाली चडेर ..' ज्यानलाई पर्नु पिर पर्‍यो ..!" बोलको लोक भाका गीतमा दर्शकहरु उठेर उनलाई नाच्दै साथ दिएका थिए । ५ वर्षकी आनिहिता सुबेदीबाट ' "लैजाउन घुमाउन मलाई ठमेल बजारमा ट्याउसी चडाउदै ..! " बोलको गीत बाट सुरु गरिएको सो साँगितीक कार्यक्रममा एनआरएन आइसिसिका उपाध्यक्ष भवन भट्ट लगायत , जातिय संगठन , राजनैतीक भात्री संगठन तथा दर्शक हरुको बाक्लो उपस्थिती थियो । पोखरेली हरुको मनमा सदावहार रुपमा मनमा बस्न सफल भएका कन्दारा व्याण्डको गायक विवेक श्रेष्ठले उनी वेलायत फर्के पछी कम्पोज गरेको पहिलो गीत "साङ्रिलाको लेकभरी फूलै फुल वासना ..२ आउन माया मनमा बसन ..२ (भेडी गोठैमा )२ माथि माथि हिउचुलीको कती राम्रो दरवार, आउ है माया बसालौ है मायाको दरवार, (आउ न माया दिलमा बस न लौ है माया सबै हरन ...)२ बोलको गीतले नेपाल एक प्राकृतिक छटाले भरिपूर्ण भएको स्वर्ग रुपी देश हो र पर्यटकको गन्त्यव्यस्थल भएको भाव देखाएको छ । यसका साथै गीतार बजाउदै अमित गुरुङ्ले "तिमी बाँचे , म बाँचुला ..!" बोलको गीतले दर्शकालाई भावुक बनाएका थिए । त्यस्तै व्यान्डको गीत " म त बलेनीमा, साहुकी छोरी..!" बोलको गीत सङ्गै "तिमी हासे , म हाँसुला , रोए फकाउला ..!" लगायत दर्जन भन्दा बढि ब्याण्डको सदाबहार गीतले मनोरन्जन दिएका थिए । २०४० मा लोक गीतमा प्रथम हुन सफल "यो दाजुको मिरमिरे आँखा.., कस्तो मेरो बिगार्यो ? दिमाखा ..नरउ मायालु .!" बोलको गीतमा बिमला गुरुङले स्वयम आफैले व्याण्ड्का साथ गाउदा हलमा थप रौनकता थपिएको थियो । अन्त्यमा कन्दारा व्यान्डको सर्बाधिक चर्चित गीत "लेक कि हे माया ..!" ले सबैलाई नचाउन सफल भएको थियो । आयोजक समितिका अध्यक्ष शिव प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा महासचिव सुरेश लामिछानेले स्वागत तथा उद्घोषण गर्नु भएको थियो भने गायक बिनोद सहित कन्दारा व्याण्डलाई तमुधी, जापान र नमस्ते व्यान्डका ईश्वर गुरुङले सम्मान गरेका थिए । मिडिया पार्टनरमा नेपाल जापान डट कम , समुद्रपारी डट कम र एबरेष्ट फुजिन्युज डट कम रहेको थियो भने टोकियो टि भी ले लाइब शो गरेको थियो । https://youtu.be/RqcKjkV43e0


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.