सांगितिक कार्यक्रमको लागि कन्दरा व्याण्ड जापानमा, सबै तयारी पुरा

Everest Fuji News २०७४ बैशाख १ मा प्रकाशित       Published at 2017 Apr 14


१ बैशाख, जापान । जापानमा पहिलो पटक सागितिक कार्यकम लिएर आएको पोखराको चर्चित ब्यान्ड कन्दरा लाईभको तयारी पुरा भएको छ । कास्की पोखरा समाज जापानको आयोजनामा हुन गइरहेको साँगेतीक कार्यक्रमको लागि कन्दरा ब्यान्ड हिजो जापान आइपुगेको हो। ब्याडको सदस्यहरुलाई आयोजकले स्वागत गरेका छन । ब्यान्डलाई कास्की पोखरा समाज जापानका अध्यक्ष शिब पौडेल लगाएतले स्वागत गरेका हुन, नेपाली सागितिक आकाशमा पोखरेली लोक तथा रकगितको मिश्रणगरी लोकप्रिय बनेको ब्याड मध्यको एक कन्दरा ब्याड हो । कन्दराले अप्रिल १६ तारिकमा जापानवासी नेपालीहरू विच आपनो २० भन्दा बढ़ी लोकप्रिय गितहरु प्रस्तुतगरी भरपुर मनोरञ्जन दिने सस्थाका महासचिव सुरेश लामिछानेले जानकारी दिए । कास्की पोखरा समाज जापानको आयोजनामा “कन्दरा लाईभ ईन टोक्यो २०१७, अप्रिल १६ तारिक आईतबारका दिन ओता कुमिन सेन्टरमा कामता मा हुने भएको हो । टोकियो लाईभ कार्यक्रमका लागि पोखरेली युवाहरुका विच चर्चित गायक बिनोद बानियाको पनि प्रस्तुति रहने छ । कन्दरा ब्याण्डका सदस्यहरुमा बिवेक श्रेष्ठ प्रमुख भोकलिष्ट हर्कबहादुर थापा, अविनाश गायक, बुद्धराज गुभाजु, अमित गुरुङ र अनिल गरुङ सहभागि हुनेछन् । आयोजक कास्कि पोखरा समाज जापानले कार्यकम सहभागि भई मनोरंजन लिईदिन जापानवासि नेपाललाई अनुरोध गरेको छ । https://youtu.be/UpTiP8_GaEI


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.