लगानी सम्बन्धी सरकारी उच्चस्तरीय समितिमा महेश श्रेष्ठ मनोनित -

Everest Fuji News २०७३ चैत्र ३० मा प्रकाशित       Published at 2017 Apr 12


नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्। जापानमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फर तथा सिटी ट्राबलका  सँचालक समेत रहेका लामो समय देखी जापानमा स्थापित व्यवसायी श्रेष्ठका जापानी भाषा विद्यालयमा पनि लगानी छ ।  व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्। मार्च २ र ३ तारिक काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको निर्णय बमोजिम सो समिति गठन हुँदा उनलाई मनोनित गरिएको हो। उनी गैरआवासीय नेपाली संघतर्फबाट समितिमा परेका हुन्। विभिन्न मन्त्रालयका सचिव, नेपाल राष्ट्रबैंकको गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेको सो समितिमा सरकारले गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गराएको हो। श्रेष्ठले सरकारको निर्णयको स्वागत गर्दै प्रशन्नता प्रकट गरेका छन् । उनले मंगलवार नेपालब्रिटेन डट कमसँग देशको लागि केही गरौं भन्ने भवाना भएका गैरआवासीय नेपाली माथि जिम्मेवारी थपिएको वताए । उनले नेपालमा हुने बैदेशिक लगानी बारे समन्वय र अनुगमन गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको जानकारी दिए । जापानमा रेष्टुराँ, मनी ट्रान्सफर व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्। उनले नेपालमा हाइड्रो, पर्यटन, बैंकिङ, आइटी लगायतका क्षेत्रमा समेत लगानी गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.