शनिवार, चैत्र २६
प्रेमिला गौचन , जापान । पत्रकार महासँघ जापान शाखाको नेत्रुत्वमा सँस्थापन पक्ष बलियो बन्दै गएको छ | सँस्थापन पक्षले सहमतिमा कार्यसमिती चयन गर्ने गृहकार्य गरीरहेको छ | कुनै पनि क्षेत्रमा वरियता र कार्यशैलीको आधारमा पदिय जिम्मेवारी दिने चलन भएकोले यसलाई नै अनुशरण गर्नु पर्ने वरिष्ठ पत्रकार उपाध्यक्ष कृष्ण भण्डारीको भनाइ छ। पदभार सम्हाल्ने व्यक्तित्व विदेशी भुमि र समाजकाको वारेमा बुझेको हुनु पर्ने , यसको लागि नेपालमा व्यवसायिक पत्रकारीता गरे सँगै कम्तिमा पनि जापानमा आएको १० वर्ष हुनु पर्ने वरिष्ठ पत्रकार तथा महासंघका सँस्थापक भुषण घिमिरेको कथन छ ।
नेपाली समाज, जापानको भाषा,सभ्यता र जीवनशैली बुझ्न नै समय लाग्ने र यसको वारेमा बोल्न र लेख्न कठिन हुनाले विदेशी भुमिमा झन वरियता र अनुभविलाई मान्यता दिनु पर्ने विचार पत्रकार तथा अनेसास केन्न्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ' माइला' को भनाइ छ ।
पत्रकार महासंघ नेपालका अध्यक्ष डा महेन्द्र विष्टले जापान शाखाको अधिवेशनको लागि आज जापानको टोकियो आउँदैछन । उनको ३ दिनको बसाइमा पत्रकार महासंघको अधिवेशनमा सहभागी भई नयाँ नेत्रुत्वलाई पदभार तथा सपथ ग्रहण गर्ने र त्यस पछी पत्रकारिता प्रशिक्षण दिने कार्यक्रम रहेको शाखाको अध्यक्ष तिलक मल्लले एभरेष्ट फुजी न्युज डट कमलाई जानकारी दिनु भयो ।
महाधिवेशनमा सहभागी हुनको लागि नागोयाका पत्रकारहरु पनि आजै राजधानी टोकियो आउँदैछन , उनिहरुको लागि पनि होटल बूकिङ भइसकेको छ ।
१० तारिख सोमवार हुने अधिवेशनको लागि आज सबै जापानमा भएका पत्रकारहरु एकत्रित भई तयारीको लागि आकास्मिक बैठक बस्दैछ । अहिलेका अधिवेवेशनमा कान्तिपुरका सम्वादाता, नेपाल जापान डट कम लगायतका पत्रकारहरु सहभागी हुनेछन भने नागरिकका सम्वादाता नारायण रिमाल ' विसाल ' र दीपश्री अनलाइनका पुरुशोत्तम लामिछानेले अहिलेको कार्यकालको कार्यशैली अध्ययन पस्चात मात्र अर्को कार्यकालको लागि सहभागी हुने बिचार व्यक्त गर्नु भएको छ । रिमाल नेपालमा लामो समय सम्म र जापानमा आए पछी पनि निरन्तर नागरिक दैनिक को लागि कलम चलाउनु हुन्छ ।
त्यस्तै लामिछाने पनि सकृय पत्रकार हुनु हुन्छ । उहा नेपालमा लामो समय सम्म हिट्स एफ एम लगायत आफ्नै निजी स्रोत बाट सन्चालित दीपश्री कृयटिव मिडिया अन्तर्गत दीपश्रीअनलाइन जापानबाट सन्चालन गर्दै आउनु भएको छ ।
महासंघको नेत्रुत्वमा ककसले उमेदवारी दिए..??
अध्यक्षमा ३ जना र उपाध्यक्षमा एक जना महिला सहित ४ जनाले उम्मेदवारी दिएका छन ।
त्यस्तै कोषाध्यक्ष लगायत सचिव र अन्य पदका लागि २, २ जनाको उम्मेदवारी परेको छ भने साधारण सदस्यमा १० जनाको आवेदन परेको छ ।
त्यस्तै स्थानान्तरणको लागि कास्कीका एक जना , बाग्लुङका २ जना र चितवनका एक जना गरी ४ जना रहेका छन ।
जनजाती पत्रकार संघ जापान शाखा ( फोनिज ) बाट पनि एक जना महिला समेत ५ जनाले महसंघको सदस्यका लागि निवेदन दिएका छन ।
पत्रकार महासंघ जापान शाखाको इतिहास:
अनलाइन पत्रकारिता नै जापान पहिलो र शाखाको विस्तार पनि -
सन २००११ मा निकै विषम परिस्थितीमा खोलेको यो संस्था जुन समय जापानमा ठुलो सुनामी आएको आएको थियो । त्यस वखत जापानमा ठुलो जनधनको क्षती भएको थियो । त्यस कठिन परिस्थितीमा पनि
हिकमत नहारी संगठन खोलेको किनकी समय तय भय जापानमा कार्यक्रमको समयको फेरी समय मिलाउन कठिन हुन्छ , स्थापनाकालमामा पनि नेपालबाट अतिथी ल्याउने कार्यक्रम भएको तर जापानको त्यसको विषम परिस्थितीका कारण रद्द गरेको अध्यक्ष तिलक मल्लको कथन छ ।
विगत २४ वर्ष देखी जापानमा फ्याक्स पेपरबाट सुरु गर्नु भएका पत्रकार तिलक मल्लले विगत २००५ देखी समुद्रपारी डट कम र छापा नेपाली समाचार साप्ताहिक सन्चालन गर्दै आउनु भएको छ । यसको कार्यालय नेपालमा पनि रहेको छ । उहा सँग जापान मै पिएचडी गर्नु भएको ड.भुपालमान श्रेष्ठ। वरिष्ठ पत्रकार तथा सफल व्यवसायी भुषण घिमिरे लगायत अन्य व्यक्तिहरु कार्यरत छन ।
समुद्रपारी डट कम को उद्घाटन महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरिले गरेका थिए ।
हालको अध्यक्षका प्रत्यासी बेलुकाजी थापा पनि नेपालमा सकृय पत्रकारिता गर्दै समुद्रपारीका संस्थापक हुन र जापान स्थित विगत लामो समय देखी समाजमा परिचित व्यक्तित्व हुन ।
त्यस्तै मोस्ट भिउज भनेर चिनिने नेपाली फन्टको पहिलो अनलाइन पत्रिका नेपाल जापान डट कम पनि जापानबाटै सन्चालन छ । यसमा आनन्द कोइराला र कृष्ण अधिकारी फुल टाइमर पत्रकार हुन भने नेपालमा पनि यसको संपर्क कार्यालय रहेको छ ।
जापानको सोफिया विस्वविद्यालयबाट विद्द्यावरधी गरेका डा.कुमार बस्नेत लगायत उहँका साथिहरु मिलेर यो अनलाइन खोलेका हुन ।यसको उद्घाटन जापानका लागि नेपाली पूर्व राजदुत डा केदार भक्त माथेमाले गरेका हुन । यस उद्घाटनको समाचार यस पन्तीकारले नेपालको छापा कान्तिपुर दैनिकमा प्रकाशित गरेकी थिए । जुन समय कान्तिपुरमा सम्पादक युवराज घिमिरे हुनु हुन्थ्यो । त्यो समयमा समाचार पठाउन निकै कठिन थियो । मैले समाचार सन्कलनको लागि जापानमा एक दिन खर्ची आफ्नै पैसाले टेलफोन कार्ड किनी सम्पादकलाई समाचार टिपाएकी थिए ।
बैदेशिक सन्जाल :
सबै भन्दा पहिला विदेशको हकमा जापानमा शाखाको गठन भय सँगै यसको सन्जाल अमेरिकामा, बेलायत , खाडी मुलक गरी ८ वटा राष्ट्रमा गठन भइसकेको छ र अन्य देशमा पनि गठन हुने क्रममा छ ।
त्यसैले जापान शाखाको गरिमामय र ईतिहासलाई सम्म्मान गरौ र सहमतिको प्रयास गरौ .
नेपाल पत्रकार महासंघ , जापान शाखाको उपाध्यक्ष प्रत्यासी ( प्रेमिला गौचन )
दोस्रो कार्यकालको महाधिवेशनमा प्रमाण पत्र हष्तान्तरण गर्दै नेपालका पूर्व अध्यक्ष शिव गाउले ( तस्विर सौजन्य : भुल बहादुर राना 'निशान ')