साकुरामय जापान

Everest Fuji News २०७३ चैत्र २४ मा प्रकाशित       Published at 2017 Apr 06


"जीवनलाई फर्केर हेर्दा वास्तवमा बुढो हुँ म कुनै दुविधा छैन यसमा तैपनी खै किन लाग्छ जब देख्छु साकुरा फुलिरहेको रुख म भित्रबाट जवान महशुष गर्छु " प्राचिन हेन युगका कवि फुजिवारा योशिफुसाले अभिब्यक्त गरेका भाव जस्तै सौन्दर्य र कोमलताको प्रतिक साकुरा यो बर्ष पनी जापानमा ढकमक्क ढाकिने गरी फुल्न शुरु भएको छ सबैले यसको न्यानो स्वागत गर्दै उत्सव मनाउने मुडमा देखिन्छन । वसन्त ऋतुको आगमन सँगै फुल्न शुरु हुने साकुराले यतिबेला जापानलाई साकुरामय बनाउदै लगेको भान हुन्छ । यतिबेला जताततै साकुराको सौन्दर्य चर्चा बिशेष रुपमा भैरह्को देख्न सकिन्छ । जापानको ब्यस्त दैनिकी,लामों काम,भागदौड,बिचबाट समय निकालेर साकुरा फुलेका बिभिन्न ठाउँहरुमा गएर एकपटक रमाउने धुनमा प्राय सबै देखिन्छन । साकुराले ढाकिएका बृक्षमुनी स-साना टेन्ट अनि म्याटहरुमा बसेर समुह समुहमा जापानिज तथा बिदेशीहरु पनी सँगै रमाइरहेका देखिन्छन । साकुरा फुलेको केही दिनमा नै झरिहाल्ने भएकोले जापानमा यतिबेला सबैलाई साकुरा सँग रमाउने चटारोले छोएको छ ।साकुरा फुल्ने बिभिन्न पार्क तथा स्पटहरुमा आफ्ना परिवार साथीभाई सँग बसेर जापानी रक्सि (साके) को चुस्कि लिदै एकआपसमा गफ्फि सफ्फि गर्दै रमाइरहेको दृष्य चारैतिर देख्न सकिन्छ । जापानमा रहेका नेपालीहरु पनी यो समयमा आफ्ना परिवार तथा साथिभाईहरु सँग बिभिन्न साकुरा फुल्ने पार्कहरुमा रमाईलो गर्दै गरिरहेको दृष्य देख्न सकिन्छ ।लामो समयको कामको थकानबाट फ़्रेश हुने बहाना अनी साथीभाई बिच भेटघाट सँगै साकुराको सामिप्यतामा एकपटक पुग्न सबैलाई यतिबेला भ्याई नभ्याइ छ । जापानको मौसमको भर नहुने ,साकुरा फुलेपछी चाढै झरीहाल्ने ,पानी हावाहुरीले साकुरा अवलोकन मा अवरोध पार्ने सक्ने हुदा समयमै साकुरा हेर्ने सबैको चाहना हुन्छ । प्राय: नेपालीहरु आफैले बनाएर लगेको नेपाली स्वादका परिकारहरु सँगै नेपाली गित संगितको आन्नदमा साकुराका बृक्ष मुनी रमाउदै गरेका देखिन्छन ।जापानमा अपांग प्रौढ अशक्तहरु पनी व्हिलचियर लिएर आफ्ना सहयोगीहरुका साथ साकुरा हेर्न आइपुग्छन । मनमा उत्साह र उमंगको लागी । जापानको राष्ट्रिय फूल साकुरा हो । यसलाई सौन्दर्यको रुपमा मात्र नहेरी गौरब र प्रतिष्ठाको रुपमा पनी उनिहरुले लिने गर्दछन । सरकारले पनी आन्तरिक र बाह्य पर्यटनलाई ध्यानमा राख्दै बिभिन्न ठाउहरुमा "साकुरा स्पट " बनाइदिएको छ । जापानको केही प्रमुख बाक्लो भिडहुने साकुरा स्पटहरुमा उइनो पार्क ,मिएग्रो नदी किनार टोक्यो,रिकुगि एन टोक्यो,ओदावारा पार्क खानागावा,ताकादा पार्क निगाता,माउन्ट योशिनो नारा,गोर्यौकाकु पार्क होक्काइडो,यि ठाउँहरु अति ब्यस्त रहन्छन यतिबेला । साकुरा स्पट नजिकका होटल रेष्टुरेन्ट क्याफे स्टोरहरु यतिबेला भरिभराउ र ति ठाउहरुमा कामको चाप देख्न सकिन्छ । केही समय फुलेपछी झरिहाल्ने भएकोले यसको महत्व र अभिरुचि सबैलाई हुन्छ ।फुल्ने र झर्ने समय बिचका महत्वपुर्ण पलहरु साकुरामय र उत्सवमय हुनेगर्छ । आफुलाई पायक पर्ने बिभिन्न ठाउँमा गएर साकुराको सौन्दर्यतामा रमाउदै साकुरा उत्सवमा सहभागी हुनेगर्छन । साकुरा फुल्ने बेला को मनमोहक वातावरण यसको रौनकता यसको शान्तपन कोमलता अनि फेरी पतझड बनेर झर्ने बेलाको कुरुपता बिचका पलक्षणहरुलाई मानविय जीवनको आरोह अवरोह सुख दुख र नैराश्यता सँग दाजेर धेरै साहित्यकार कवि गितकार चित्रकारहरुले शब्द रंग र कलाको माध्यमले भावनाहरु अभिब्यक्त गरेको पाइन्छ। प्राचिन राजधानी नारा नजिकैको ओशिनो पहाडका साकुराका रुखहरुबाट यसका प्रजातीहरु बिकसित भइ तिनै प्रजाती मध्ये १९ औ शताब्दीमा "सोमेइ योशिनो" जातको प्रजातीलाइ टोक्योमा पहिलोपटक ल्याइएको हो । खासमा जापानको सबैभन्दा पुरानो साकुरा त्यही नै हो भन्ने मान्यता राख्छन जापानीहरु । साकुरा फूल र जापानीहरुको स्वभाव मनमुटु बिच झट्ट हेर्दा कहि कतै सम्बन्ध पक्कै छ कि झै लाग्न सक्छ । साकुराको जस्तो कोमलता सरलता अनि पतझड बनेर झर्दापनी ढलमल नगरी शान्त सँग अर्को बसन्तको प्रतिक्षा गर्न सक्ने अदम्य साहस र प्राकृतिक स्वभाव जापानीहरुको पनी छ । साकुरालाई राष्ट्रिय फूल यस अर्थले पो राखिएको होकी भन्ने एउटा जिज्ञासा पनी उत्पन्न हुन सक्छ।अब केही दिनपछी बिस्तारै बिस्तारै फूल झरेर सबै पतझड़मा परिणत हुनेछन अनि फेरी केही दिन उराठ र न्यास्रो वातावरणले ल्याएका मनःस्थिति बिच जापानी दैनिकी पुन: यथास्थितिमा सुचारू हुदै जान्छ ।जीवनलाई नै प्रेरणा दिने साकुराको सामिप्यता पाउनको लागी जापानीहरु सँग फेरी अर्को वसन्त कुर्नुको बिकल्प हुदैन । यो बर्षको साकुरालाई न्यानो स्वागत गर्दै साकुरामय हुदैछ जापान । [email protected]


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.