कास्की समाज जापानले पहिलो संगीतिक कार्यक्रम टोकियोको कामाता कुमिन सेन्टरमा गर्दैछ । पोखराकै युवाहरुको कान्दारा व्यान्डका चर्चित गीतका कारण भिभिआईपी , भिआईपी, लगायत साधारण टिकटहरु पनि धमाधम बिक्री भई भईरहेको आयोजकको भनाइ छ । व्यान्ड्का चर्चित गीतका कारण टिकट विक्री गर्नको लागि कुनै कठिनाई नभएको समाजका महासचिव सुरेश लामिछानेले बताउनु भएको छ ।
विदेशिएका युवाहरुलाई मनोरन्जन दिने र स्थानीय व्याण्डका युवालाई प्रोत्साहन गर्नको लागि यो सान्स्कृतिक कार्यक्रम गर्न लागेको भनाइ समाजका सल्लाहार बिकास श्रेष्ठको छ । पोखरा प्रकृतिक सौन्दर्यमा मात्र प्रख्यात छैन, साहित्य र संगितमा पनि त्यत्तिकै लोकप्रिय छ भन्ने प्रमाण यो कार्यक्रमले देखाउने आयोजकको दावी छ ।
“कन्दरा लाईभ ईन टोक्यो २०१७” र "माछापुच्छ्रे अन्नपुर्ण हाम्रो शान" शिक्षाको लागी कास्की पोखराको अभियान" नाराका साथ हुन लागेको कन्दरा लाईभमा पोखराका चर्चित गायक बिनोद बानिया पनि सँगै आउने भएका छ। लाईभ कार्यक्रमबाट बचेको आम्दानी कास्की क्षेत्रको शिक्षा विकाशको लागि सहयोग गरिने कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना बताउँछन्। टोक्यो एंव वरिपरि छरिएर रहनुभएका नेपाली दाजुभाई दिदी बहिनिहरुलाई यस लाईभ शो हेरिदिएर नेपाली संगितलाई प्रोत्साहन दिन कास्की पोखरा समाज जापानका अध्यक्ष शिब प्रसाद पौडेलले अपिल गर्नुभएको छ।
सन,१९९२ मा स्थापना भएको यो ब्याण्डले अहिलेसम्म “ चन्चले कान्छी, डाँडा पारी, हङकङ पोखरा, वर्षौपछि ” जस्ता चर्चित एल्बमरहरु श्रोताको सामु ल्याएको थियो। कन्दाराको पछिल्लो एंव पचौं एल्बम “भेडीं गोठैमा” भने झन्डै दश वर्षको अन्तरालपछि पस्केर फेरि संगितपारखीहरुको मन जित्न खोजिराखेको छ । आ-आफ्नो ब्यक्तिगत कारणले गर्दा तितर बितर भएका ब्यान्डका सदस्यहरु फेरी एकपटक पोखराको लोक पपलाई नेपालमा मात्र नभई विश्वभरी चिनाउनको लागि जुट्ने भएका छन्। जापानमा पनि यसरी कन्दरा ब्याण्डको लाईभ आयोजना गरिएको पहिलो पटक हो भनेर संयोजक तिमील्सिना बताउँछन्।
टोक्यो लाईभको लागी बिनोद बानिया समेत गरेर सात जना आउने भएका छन्।
कन्दरा ब्याण्डका सदस्यहरुमा बिवेक श्रेष्ठ(प्रमुख भोकलिष्ट), हर्क बहादुर थापा, अविनाश गायक, बुध्द
राज गुबाजु, अमित गुरुङ र अनिल गरुङ हुनेछन्।
लाईभ कन्सर्टको लागि विभिन्न संघ-संस्था र ब्यवसाय पक्षहरुबाट स्पोन्सर एंव सफल पार्न गरिरहनु भएको सहयोगको लागि कास्की पोखरा समाजको तर्फबाट अध्यक्ष शिब प्रसाद पौडेलले उहाँहरुलाई धन्यवाद दिनुभएको छ। र, साथै १६ तारिक आईतबारका दिन आफ्नो समय मिलाएर कन्सर्टमा आएर नेपाली संगित त्यसमा पनि पोखराको लोक पपको स्वाद लिएर नेपाली संगितलाई हौसला दिन हुन पनि अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ।
टिकट पाईने स्थानहरु निम्न छन्। शुल्क अहिले ३,००० येन मात्र। लाईभको दिन ढोकामा ३,५०० येन।
1) Global Home Network, सिनओकुबो
2) Sato Visa Office, सिनओकुबो
3) Majeri, सिनओकुबो
4) Namaste Geet Gajal, सिनओकुबो
5) Solmari, सिनओकुबो
6) Aagan, सिनओकुबो
7) Offshore Work Office, आवोतो स्टेशन
8) Asian Dining Lalupate, कामेईदो स्टेशन
9) Asian Bazar( Halal Food), कामाता स्टेशन
https://youtu.be/MF6hPZFADsk