जापान।
नेपाल बाट आएका १२ वर्षभन्दा मुनिका वाल फूटवल खेलाडीहरुलाई एक च्यारिटी डिनर सहित जापानस्थित टोकियोमामा भब्य स्वागत तथा सम्मान गरेको छ । उनिहरुका प्रशिक्षक राजेन्द्र तामाङ र खेलाडि मध्यका कप्तानको भूमिकामा रहेका एक वाल खेलाडीलाई समेत विशेष सम्मानका साथ स्वागत जापानका लागि का. राजदूत कृष्ण चन्द्र अर्याल र जापानवासी नेपाललीहरुले खादा ओढाइ स्वागत तथा सम्मान गरेका थिए ।
सम्मानित राजेन्द्र तामाङले समकालीन साथी बसन्त गौचनले जापानसम्म ल्याएर आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिएकोमा धन्यवाद दिदै जीवन नै खेलमा समर्पित गरेकोमा आफुलाई गौरवको महसुस गरेको बताउनु भएको थियो ।
त्यस्तै आयोजक पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले ' देशको लागि फूटबलमा समर्पित गरी नेपालका फूटबल क्षेत्रमा योगदान दिएको स्मरण गर्दै अहिलेको प्रयास भनेको भबिस्यको बाल खेलाडीहरुलाई अन्तरराष्ट्रिय जगतमा प्रतिभा प्रदर्शन गरी भबिष्यमा नेपालमा सक्षम फूटबल खेलाडी उत्पादन गर्नु रहेको छ ।' भन्नु भयो ।
' कोपा पुमा तोररस फूटबल प्रतियोगिता -२०१७' नामाकरण गरिएको यस खेलमा सहभागीहरुको निजी प्रयासबाट गरिएको हुनाले उनिहरुको खर्चको आर्थिक सहयोगको लागि गरिएको रात्रीकालीन भोजमा नेपाली राजदुतावासका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित एनआरएन जापान , स्थापित व्यवसायी, समाजसेबी , खेलप्रेमी, जापानिज लगायत सर्वसाधारणको बाक्लो उपस्थितीले खेलाडीहरुको हौसला बढ्नु साथै आर्थिक पक्षलाई पनि टेवा पुगेको आभाष मिल्थ्यो ।
नेपालबाट भाग लिन आएका १२ खेलाडीमध्य ६ जना कास्की, पोखराका,म्याग्दिका ३ जना , २ जना रुपन्देही र स्याङ्जाबाट १ जना छन ।
बुधवार नारिता विमानस्थल प्रयोग गरी आएका खेलाडीहरु टोकियोको विभिन्न ठाउमा ३ चरणको प्रतियोगितामा भाग लिई पुन: अप्रिल ३ तारिखमा हानेदा अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्कनेछन ।
बिहिवार शारीरिक अभ्यासका लागि १~१६ बजेसम्म खेलेको र शुक्रवारबाट प्रतियोगितामा भाग लिने आयोजक प्रकाश तुलाचनले बताउनु भएको छ ।
प्रतियोगितामा १२ देशमध्य बैंककको खेलाडीहरुको रद्द भय सङ्गै ११ देशका वाल खेलाडीहरुले आ आफ्नो प्रतिभा देखाउनेछन । जस मध्य एशियाबाट नेपाल र जापान सहित नौ , युरोपबाट दुई र अफ्रिका , जान्बे , ब्राजिलका एक टीम विच प्रतिस्प्रधा हुने आयोजक गौचनले जानकारी दिनु भएको छ ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालले वालाक हाम्रा देशका कर्णधार भएकोले राजदुतावास हरपल सहयोग गर्ने बचनबद्दता दिनु भएको थियो । त्यस्तै विषेश अतिथीको आसनबाट एनआरएन जापानका अध्यक्ष सुदन थापाले आयोजकले गरेको कामलाई समाजमा दिशा निर्देश गर्नमा योगदान दिएको चर्चा गर्दै आगामी दशैमा नेपालमा फूटबल टूर्नामेन्ट गर्न लागेको जानकारी दिदै अप्रिल १६ तारिख जापान भर ' अतिथी देवो भव ' कार्यक्रम तय भएकोले जापानवासी नेपालीहरुलाई सहभागी भई दिनको लागि आग्रह गर्नु भएको थियो ।
प्रशिक्षक: रमेश तामाङ
बाल खेलाडीको नामावली र उमेर :
१) क्रितन थापा (११),
२) रोशन शाक्य (११)
३) देब गुरुङ (११)
४) सुजन बुढाथोकी ( ११ ),म्याग्दी
५) बिक्रम गौतम (१०)
६) सँगम गैरे(१२),स्याङ्जा
७)सन्देश केसी (११),म्याग्दी
८) निश्चल जि सी (११)
९) अन्कित थापा,सिँजापति (११),रुपन्देही
१०) निखेल कार्की, क्षेत्री (१२ ),रुपन्देही
११) निरन्जन खत्री (१२),म्याग्दी
१२) निश्चय उप्रेती ( (११),सर्लाही
गरी १२ जनाले प्रतिश्प्रधा गर्दैछन ।
-