थ से स जापानको अध्यक्षमा पुन: बुद्धि गौचन , १५९ मान सामाजिक कार्यमा खर्च -

Everest Fuji News २०७३ चैत्र ७ मा प्रकाशित       Published at 2017 Mar 20


समाजमा इमान्दार र सोझो प्रकृतिका रुपमा चिनिने व्यक्तित्व  बुद्धि गौचनलाई आगामी कार्यकालको लागि पनि अध्यक्षमा थकाली सेवा समिती जापान ( थ से स जापान ) ले चयन गरेका छन । उहाको कार्यकाल अहिलेको समेत ३ पटक हुनेछ । समाजमा अन्य सक्षम व्यक्तित्व भयता पनि वरियताको आधारमा र उहाको कार्यशैलीको मुल्याङ्कन गरी पुन: चयन गरेको समाजको भनाइ छ । सन १९९१ मा स्व.डा योगेन तुलाचनको सँरक्षकत्वमा गठन भएको समाजमा १७ वर्षसम्म लगातार कोषाध्यक्ष पद समाल्हेको उहाको अनुभव छ । उहाले दैवी प्रकोप लगायत अन्य सामाजिक काममा समाजको कोष लगायत आफ्नै निजी पकेटबाट पनि सहयोग गर्ने उहाको आचरण रहेको छ । समाजले विभिन्न शिर्षकमा १५९ मान जापानी एन ( करिव १६ लाख ) सामाजिक काममा खर्च गरेको छ । जसमध्य १२ वर्षे कुम्भ मेला मा ३ लाख , असमायिक निधन भएका विनोद तुलाचनको लागि, मोहन तुलाचन लगायत विभिन्न शिर्षकको सामाजिक काममा समाजले खर्च गरेको छ । अघिल्लो आर्थिक बिषयमा पनि भुकम्प प्रवाहित क्षेत्र वारपाक, सिन्धुपाल्चोक लगायत अन्य क्षेत्रमा पनि थ से स जापानले सहयोग गरेको अध्यक्ष गौचनको कथन छ । यस आर्थिक वर्षको प्रमुख एजेन्डा जेष्ठ आरोही मिन बहादुर शेरचनको आरोहण सहयोगार्थ हुने जनाएको छ । उपाध्यक्षमा शशी गौचन , अनिल भट्टचन लगायत अन्य व्यक्तित्व , मानार्थ सल्हाकारमा जापानी नागरिक कियोहिको मोचिजुकी तथा अन्य व्यक्तित्वहरु , महासचिबमा राजु शेरचन र प्रवक्तामा दीपक गौचन चयन भएका छन । समाजले सधैं झै थकाली जातिको महान चाड तोरन्ल्हको अवशरमा दिवामा साधारण सभा र यस पछी साँस्कृतिक कार्यक्रम गर्ने गरेको छ । यस पटकको तोरन्ल्ह चाडको साँस्कृतिक कार्यक्रम पनि भव्यताको साथ सम्पन्न भएको छ । टोकियो स्थित इकेगामी खाइकानको सभाहलमा करिव २५० जनाको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा थकाली जातिको पहिचानको रुपमा रहेको सेल रोटी सहितको खाजा , खानाका साथ ड्रिन्क्सको राम्रो व्यवस्थापन गरिएको थियो । यस पटक को सान्स्कृतिक कार्यक्रमको प्रमुख आकर्षण भनेको एकाघरका दुइ दिदी बहिनी सन्जीमा र समिका शेरचनको रहेको थियो । उनिहरले नाच, गीत तथा गीतार बजाएर दर्शकलाई मनोरन्जन दिएका थिए , त्यस्तै समाजको सदस्य एशोधा गौचन , उषा शेरचन लगायत अन्य कलाकारहरुले थकाली गीत , स्वागत गीत, लोक नृत्यमा नाच्दै दर्शकलाई पनि नचाउन सफल भएका थिए ।      


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.