ओनोको अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न

Everest Fuji News २०७३ चैत्र ७ मा प्रकाशित       Published at 2017 Mar 20


जापान। सबै संगठनहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने फुकुओका । प्रवासी नेपाली संगठन (ओनो) जापानको क्युस्यु क्षेत्रिय समितिले आईतबार फुकुओकामा अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । राप्रपाको भातृ संगठनको रुपमा सक्रिय ओनो जापानको क्युस्यु क्षेत्रिय समिति गत महिना गठन गरिएको थियो । क्युस्यु क्षेत्रमा क्रियाशिल नेपाली संघ संगठनहरुलाई आमन्त्रण गरी आईतबार फुकुओकाको हाकाता स्थित श्रीगणेश रेष्टुरेन्टमा सो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रवासी नेपाली मञ्चका कोषाध्यक्ष सूर्य कुँबर, नेपाल जापान फ्रेण्डसिप लायन्स क्लबका अध्यक्ष अर्जुन थापा, एनआरएनए क्युस्यु क्षेत्र संयोजक किरण बर्मा, फुनेसोका अध्यक्ष लक्ष्मण बानिया, फुनेसोका पूर्व अध्यक्ष छत्र दाहाल, जनसम्पर्क मञ्च जापानका उपाध्यक्ष बद्री पौडेल लगायतका वक्ताहरुले विदेशमा नेपाली संघ संस्थाहरुको भूमिका र योगदानबारे चर्चा गर्दै नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यहाँ सक्रिय पार्टीका भातृ संगठनहरुले पनि आ आफ्ना पार्टीहरुलाई देशमा शान्ति र विकासको लागि सुझाव र दवाव दिनु पर्ने धारणा राखेका थिए । ओनो क्युस्यु क्षेत्रिय समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समितिका कोषाध्यक्ष अनिस लामाले राखेका थिए भने सञ्चालन सचिव ज्योति केसीले गर्नु भएको थियो ।क्युस्यु क्षेत्रिय समिति गठन पश्चात त्यस क्षेत्रमा संगठन विस्तार गर्ने, आफ्नो विचार सार्वजनिक गर्ने र फुकुओकामा सक्रिय अन्य संघसंगठनहरुसँग सहकार्य गर्दै कार्य गर्ने उदेश्यका साथ सो अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सन्तोष थापाले जनाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.