बाजुराका अर्जुन बहादुर सिंहको बुधबार टोकियोमा दुखद निधन भएको छ ।
बुधबार जापान प्रहरीले सिंहलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी नेपाली दुतावासलाई दिएको हो । दुतावासका अनुसार सिंहको मृत शरीर पोस्टमार्टमका लागि टोकियोको कान्दा स्थित निहोन युनिभर्सिटी अस्पतालमा राखिएको छ ।
सिंह ६ वर्ष अघि कुक भिषामा जापान आएका हुन् । दुई वर्षअघि सिंह मस्तिष्कमा म्यानिन्जाइटिस र क्षयरोगले ग्रस्त भएपछि टोकियोको मेट्रोपोलिसन तामा मेडिकल सेन्टरमा उपचार गरेका थिए ।सिंहले कियोसे सिटीको ताकेओका स्थित टोक्यो अस्पतालमा पनि उपचार गरेका थिए ।
दुई बर्षअघि सिंहलाई नेपाली दुतावास , एनआरएनए जापानका अध्यक्ष सुदन थापा , सुदुरपश्चिमेली समाज लगायतका संघ ,संस्था ,व्यक्तिहरुले सहयोग गरेका थिए ।
केही समय देखि सिंह काम र बस्ने ठाउ बिहीनभई बिचल्लीमा जिवन बिताइरहेका थिए । सिंहका नेपालमा श्रीमती र दुई छोरीहरू छन ।
यसैबीच सुदुरपश्चिमेली समाज जापानले सिंहको दाहसंस्कारका लागि आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । समाजले जापानका सबै सामाजिक संघ , संस्था , संगठन तथा सर्बसाधारणमा सहयोगको अपिल पनि गरेको छ ।
समाजले समाजको हुलाक खाता नम्बर: १०१०० - l९१२८२९२१ मा रकम जम्मा गर्न सकिने जनाएको छ ।