'पौष भित्र सबै निकायको चुनाव गरिसक्नुपर्छ : ' पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ -

Everest Fuji News २०७३ फाल्गुन ३० मा प्रकाशित       Published at 2017 Mar 13


प्रेमिला गौचन फाल्गुण -३० , जापान । केही समयका लागि निजी भ्रमणमा जापानमा आउनु भएका पूर्व पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतवार  नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मन्च,जापान ( ओ एन एफ ) द्वारा आयोजित साक्षात्कार तथा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका छन । सम्बोधनको क्रममा उहाले जारी सँबिधानलाई कार्यान्वयन गर्नको लागि पौषभित्रै सबै निकायको निर्वाचन गरी सक्नु पर्ने धारणा राख्न्नु भएको छ । एमाले केन्द्रिय समितिका सचिव समेत रहेका गुरुङ्ले सिङ्गो ठुला ९ दलिय गठबन्धनले पारित गरेको निर्णयमा प्रदेशको सिमाँकनमा हेरफेर हुनु असँवैधानिक भएको जिकिर गर्नु भयो । जती सक्दो चाडो नेपाललाई सबैधानिक मुलुक बनाउनु पर्ने अडान लिदै उहाले नेपाललका छोरी चेलीहरु भारतमा विवाह भएमा त्यहाको नागरिकता लिन ७ वर्ष लाग्ने तर भारतीय चेलीहरु नेपालमा विवाह भएमा ७ घण्टामै तुरुन्तै नागरिकता पाउने जस्ता मुलुकमा भ्एका विभिन्न असमान सन्धिहरुको खारेज गर्नका लागि पनि चाँडै नै सँविधान जारी गर्नु पर्ने आशय व्यक्त गर्नु भयो । 'नेपाल अहिले अन्योल र अस्थिरतामा गुज्रिरहेको अवस्थामा कुनै विदेशिको आडमा नभै नेपाललाई फिजी, भुटान जहा आफ्नो सार्वभौम छैन , परराष्ट्र नीति छैन यस्ता खालको देश हुन नदिनका लागि सिन्गो नेपाललाई सार्वभौमसत्तमा निहित गराउनु पर्ने सबै नेपालीको कर्तब्य भएको बताउनु भयो । धर्म पत्नी मुनी गुरुङ सहित भ्रमणमा रहनु भएका मन्त्री गुरुङ्ले फिजी र भुटानमा सन १८९९ देखी भारतियहरु जान थालेका तर त्यहाको रैथानेहरुले हार खाएको तर भारत बाट गएको प्रधानमन्त्री भएको कथन सुनाउनु हुँदै सन १९४७ मा भुटान र सिक्किम जस्तो बनाउन खोजिएकोमा चिन्ता व्यक्त गर्दै उहाले मुलुकलाई सँवैधानिक, सार्वभौम राष्ट्र बनाउनको लागि चुनावी प्रकृयालाई चाडो निकास दिनु पर्ने अभिव्यक्ती दोहोर्यानु भयो । पत्रकार भेट्घाटमा पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै पूर्व मन्त्री गुरुङ्ले अरु पार्टीले गरेको कायदिशाको ग्रान्ड डिजाइनको फाईदा प्रचण्डले लिएको आक्रोश व्यक्त गर्दै उहाले आफ्नो निजि स्वार्थमा नलागी देशको हितको लागि सबैले साकारात्मक कदम चाल्नु पर्ने बताउनु भयो । कार्यक्रमको सन्चालन मन्चका सचिब सुरेस केसिले गर्नु भएको थियो भने स्वागत मन्त्यव्य उपाध्यक्ष कुल चन्द्र खनालले गर्नु भएको थियो । सभापतित्व मन्चका अध्य्क्ष मेहेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले शनिवार अन्तिम तयारी बैठकलाई सम्वोधन गर्दै प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिको १३ तारिख सोमवार अधिवेसन गरिने गरि निर्देशन दिने बैठक सुरु हुदैछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.