एनआरएनए जापानको नयाँ सदस्यता र नविकरण अनलाइन बाट पनि गर्न सकिने -
Everest Fuji News२०७३ फाल्गुन २९ मा प्रकाशितPublished at 2017 Mar 12
गैर आवाशिय नेपाली संघ (एनआरएनए) जापानले अनलाइनबाट नयाँ सदस्यता लिन सकिने र पुराना सदस्यहरु पनि नवीकरण गर्न सकिने प्रणाली ल्याएको छ । यसको लागि मोबाईल एप्स, एन्ड्रोएड अर्थात कम्प्युटरको माध्यमबाट एनआरएनए जापानको होमपेजबाट गर्ने सकिने आइतवार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसको लागि मार्च १२ देखि नै आबेदन खुल्ला राखिएको छ भने ३० मे महिनासम्म अन्तिम दिन रहेको छ । सदस्यताको हकमा जापानमा आई १८२ दिन बसोबास गरिसकेका जो कोही नेपाली पनि सदस्यता हुन पाउने प्रावधान संघले ल्याएको छ, यस अघि विद्यार्थिहरुलाई संघमा आवद्द हुन बन्देज गरिएको थियो ।
संघको नयाँ नीतिले विद्यार्थीहरु पनि अध्यक्ष बाहेक अन्य पदमा उम्मेदवारी दिन पाउने भएका छन् ।
उम्मेदवारी मार्च ५ मा नाम प्रकाशित गरिनेछ र जुन ६~९ सम्ममा दावी विरोध गर्न सकिने र जुन १० मा अन्तिम नामावली प्रकाशित गर्न सकिने प्रावधान रहेको सम्मेलनमा संघका अध्यक्ष सुदन थापाले बताउनु भयो ।
संघका एशिया प्यासिफिक संयोजक किरण विक्रम थापाले आगामी १८ र १९ मा तारिखका दिन मलेशियाको राजधानी क्वालालाम्पुरमा हुन लागिरहेको फेस्टिबलमा सबैको सहयोगको आवश्यकता रहेको प्रष्ट पार्नुभयो । यस कार्यक्रम सफल बनाउनका लागि नेपालबाट उद्योगकर्मी भावणा राणा लगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिताको लागि तय भएको जानकारी दिनु भयो।
नेपाल सरकारले गैर आवासियलाई मान्यता नदिएकोले आ सि सि मा विद्यार्थीहरुले सहभागी हुन नपाउने नियम रहेको संघका आइ सि सि सदस्य ओम गुरुङले जाकारी दिदै सम्मेलनमा सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्नु भएको थियो ।
जापान भ्रमणमा रहनु भएका प्रमुख अतिथिको आसनबाट पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङले सहभागी वक्ताहरुलाई सम्बोधन गर्दै आगामी हुन लागेको नेपाल फेस्टिबललाई समेट्दै गैरअावासीय नेपालीहरु सँग हातेमालो गर्दै नेपालको पर्यटन प्रवर्घ्दनमा जोड दिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
पत्रकार सम्मेलनमा उद्घघोषण गर्दै संघका महासचिव अनुज थापाले आगामी १५ जुलाईमा क्षेत्रीय सम्मेलन गर्ने र १३ अगस्तमा केन्द्रिय अधिवेशन गर्ने कार्यक्रम रहेको जानकारी दिदै २४ अगस्तमा तिज फेस्टिबल गर्ने कार्यक्रम रहेको बताउनु भयो । २६ र २७ मा नेपाल फेस्टिवल उएनो पार्कमा गर्ने भएको छ भने अन्त्यमा २ सेप्टेम्वरमा केन्द्रिय निर्वाचन गरी केन्द्र र क्षेत्रको नयाँ कार्यसमिती चयन गर्नेछ ।