गायक टाशी लामाको अध्यक्षतामा तामाङ कलाकार संघ, जापान गठन -

Everest Fuji News २०७३ फाल्गुन २६ मा प्रकाशित       Published at 2017 Mar 09


तामाङ जातीको कला , सँस्कृति तथा धार्मिक मान्यता हरुको सँरक्षक र सम्वर्द्वन गर्नको लागि तामाङ कलाकार हरु सङ्ठित भएका छन । जापान मा विभिन्न पेशामा आवद्द तामाङ कलाकारहरु यसमा आवद्द भएका हुन । किनसेचु स्थित कलाकार पूर्ण सिह तामाङ्को सुपर्ना एसियन इजागाया नामक रेस्टुराँमा भएको भेलाले गायक टाशी लामाको अध्यक्षतामा २१ जनाको कार्यसमिति सहितको 'तामाङ कलाकार संघ 'गठन भएको हो । भेलाले ले ब. उपाध्यक्षमा नागोयाबासी गायक कर्म दोङ तामाङ् तथा महासचिवमा राज कुमार तामाङ्लाई चयन गरिएको छ । त्यस्तै सचिवमा सोम लामा र कोषाध्यक्षमा सम्झना लामा चयन भएकी छिन । सल्लाहाकारमा शिक्षा शान्ति वाइबा, राजेन्द्र लामा र रेशम लामा मनोनित भएका छन । १ बजेबाट ५ बजेसम्म भएको तामाङ कलाकारहरुले आ - आफ्ना अनुभव , कलाकारिता क्षेत्रको चुनौती र सम्भावनाको बारेमा वहस गरेका थिए। कछुवाको तालमा सुचारु रुपले अगाडि बढ्दै समाजमा राम्रो खालको सन्देशमुलक कार्यक्रम पस्कनु पर्नेमा सहभागीहरुले जोड दिए। साथमा संघले समाजमा राम्रो प्रस्तुती दिनु पर्ने तर अरुको लागि हास्यको पात्र भएमा समाजमा हामी बिचलित हुनु पर्ने कथनमा पनि चिन्ता व्यक्त गरे । संगठित कलाकारहरुले आफ्नो संगठनको कार्य शैलीलाई गोपनियता राख्दै तामाङ जातिको मौलिक परम्परालाई जिवित राख्नको लागि धार्मिक आस्थाको तुरुन्तै डकुमेन्टरीको निर्माण गरी स्वदेश तथा विदेशमा रहेको तामाङ जाती लगायत स्थानिय भाषामा पनि उल्था गरी विभिन्न देशमा पुर्याउने लक्ष्य रहेको व. उपाध्य्क्ष कर्म दोङ तामाङले बाताए । यस् प्रथम अधिबेशन पत्रकार प्रेमिला गौचन र शिक्षा शान्ति वाइवाको रोहोवरमा भएको थियो । नव निर्बाचित कार्य समितिका पदाधिकारीहरुलाई सल्लाहाकार शिक्षा शान्ति वाइबाले शपथ ग्रहण गराएकी थिइन । अधिबेशन पस्चात सबै कलाकारहरुले आ आफ्नो कलाकारिता प्रस्तुत गरेका थिए। प्रस्तुतीमा आ आफ्नो गायन , म्युजिक भिडियो लगायत जापानमा सुटिङ गरीएको श्रव्य दृश्यहरु पनि देखाईएको थियो । तामाङ कलाकारको "ह्याङ्ला ग्योअी ह्याङ्लान काअी , जाम्बुलीङरीन ल्हेना लाअी " नारा रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.