शेर्पा संघ जापानको ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रम सम्पन्न -

Everest Fuji News २०७३ फाल्गुन २४ मा प्रकाशित       Published at 2017 Mar 07


२१४४ मे मो च्यालो ग्याल्पो ल्होसारको अबसरमा जापानमा रहेका शेर्पाहरूकेा साझा संस्था शेर्पा संघ जापानले शुभकामना अदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमका साथमा ल्हेासार कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रममा टोक्यो क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र गैर शेर्पा नेपालीको बाक्लो उपस्थिति थियो । ल्होसारको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पासाङ्ग शेर्पाले कार्यक्रमले जापानमा रहेका आम नेपालीहरुबीच सौहार्दता र सामिप्यता बढाएको बताएका थिए । गैर आवासीय नेपाली संघ आईसीसीका सदस्य ओम गुरुङ् र जापानका अध्यक्ष सुदन थापा लगायत अन्य अथितिहरूले शेर्पा संघको ल्होसार बिशेष कार्यक्रमले जापानमा रहेका नेपालीहरुबीच अँझै एकता र भातृत्व बृद्धि हुने बिश्वास व्यक्त गरेका छन । कार्यक्रममा शुभकामना मन्तब्यकेा क्रममा यहँ। स्थित बिभिन्न सामाजिक एकल जातिय संस्था,समुहका प्रतिनिधिहरूले शेर्पा जाति नेपालमा मात्र नभइ बिश्वमै नेपालकेा इज्जत र सान राख्ने जातिकेा रूपमा चिनिएकेाले यस्ता मैालिक संस्कृतिहरू जगेर्ना गर्न सबैजनाले जेाड दिनुपर्नमा जेाड दिएका थिए। स्थानिय कलाकारहरूले कार्यक्रमलाइ अ।कर्षक बनाउन बिभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए भने कार्यकमका लागि अमेरिकाबाट अ।उनुभएका अतिथि कलाकार एबं नबेादित शेर्पा टुङना गायक सेानाम जाङबुकेा कर्णपृय टुङना गीत प्रस्तुत हुँदा सहभागि सबैजना नाचेर साथ दिन स्टेजमै झुमेका थिए । सबैजनाले गायक सेानामकेा मुक्तकण्ठले प्रसंशा समेत गरेका थिए । त्यस्तै अन्य अतिथिकलाकारहरू मिरा दर्लामी मगर,लक्ष्मी तामाङ लगायतले अ। अ।फनेा प्रस्तुति देखाइ कार्यक्रमलाइ थप रैानकता दिलाएका थिए । आयोजक शेर्पा संघ जापानले कार्यक्रममा कलाकारहरुलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरेको थियो । ल्होसार बिशेष कार्यक्रममा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा प्रमुख अतिथि थिए । शेर्पा संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेर्पाको सभापतित्वमा भएको कार्यक्रमलाई दावा शेर्पाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य छोंबो शेर्पाले राखेका थिए ।        


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.