एभरेष्ट इन्टरनेशनल स्कुलमा नेपाली र जापानी डाक्टरहरुद्वारा स्वास्थ्य परामर्ष शिबिर हुने। -

Everest Fuji News २०७३ फाल्गुन १४ मा प्रकाशित       Published at 2017 Feb 25


जापानमा रहेका नेपाली हरुको स्वास्थ्य स्थितीको सुधार र पहुच् सम्बन्धमा कृयाशिल रहेका नेपाली चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा यही आइतबार बिहान १० बजे देखि ५ बजे सम्म टोक्यो आसागया स्थित एभरेष्ट इन्टरन्याशालन स्कुलमा स्वास्थ्य परामर्स शिबिर हुन गईरहेको छ । मनोचिकित्सक डा. विजय ज्ञवालीद्वारा जारी प्रेश बिज्ञप्तिमा उल्लेख भए अनुसार भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठारो भएका , बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिबिर गर्न थालिएको हो |शिबिरमा टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको छ | शिबिरमा आप्रबाशी हरुको स्वास्थ्य क्षेत्र लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा. विजय ज्ञवालीले आफ़्नो सेवा दिनु हुनेछ | शिबिरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा , एलेन कार्डको आबस्शक पर्ने छैन | शिबिरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा निसुल्क हुनेछ | थप उपचार आबशेक्ता भएका बिरामिलाइ रेफेर पत्र उपलब्ध गराइने छ । जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ । कामको कारण अथवा समय अभावको कारण निस्चित समयमा मात्र आउन सक्छु भन्ने कोही हुनु हुन्छ भने मिल्ने समयको लागि नाम टिपाउन आयोजक टिम अनुरोध गर्दछ | शिबिरलाइ डा.दिपेन्द्र गौतमले सयोजन गर्नु भएको छ |


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.