ओनो जापानको क्युसु क्षेत्रीय समितिको अध्यक्षमा सन्तोष थापा चयन

Everest Fuji News २०७३ फाल्गुन १४ मा प्रकाशित       Published at 2017 Feb 25


राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास संगठन प्रवासी नेपाली संगठन ओनो जापानको क्युसु क्षेत्रीय समिति अध्यक्ष सन्तोष थापा चयन भएका छन् । ओनो जापानका वरिष्ट उपाध्यक्ष सन्तोष सिलवालको प्रमुख आथित्यमा फुकुओकाको हिमालयन किचनमा आयोजना गरिएको भेलाले थापाको अध्यक्षतामा २५ सदस्यिय समिति गठन भएको हो । नव गठित समितिमा उपाध्य़क्षमा खेम महतो, सचिवमा ज्योति केसी र कोषाध्यक्षमा अनिश लामा चयन भएका छन् । कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अथिति तथा ओनो जापानका वरिष्ट उपाध्यक्ष सिलवालले नेपालको राजनीतिकको आवश्यकता र विकल्प राप्रपा पार्टि भएको र महाधिवेशनमा लाखौ जनताको सहभगिताले पनि यो प्रष्ट परेको बताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.