जापानमा लागु औषध ओसारपसारमा २ नेपाली पक्राउ , यसले नेपाली समुदाय लज्जित ..

Everest Fuji News २०७३ फाल्गुन १२ मा प्रकाशित       Published at 2017 Feb 23


करिब २ महिना अघिदेखी शिन ओकुबोबाट अचानक गायब भएका तापोन तामाङ (२९) र देवी गुरुङ दोङ (२७) अन्तत: लागु औषधमा सन्लग्न भएको जापानी संचार माध्यमहरुले जनाएको छ । उनिहरु अचानक  काममा उपस्थित नभै गायब भयपछी सङ्गै काम गर्ने साथीले स्थानिय प्रहरीलाई  खबर गरेका थिए । केही दिन पछी उनिहरुलाई अनुसन्धानको क्रममा दुबै जना सिनागावाको प्रहरी हिरासतमा भएको प्रहरीले बाताएको एक स्रोतले जनाएको थियो । र कसैलाई पनि भेट गर्ने अनुमती दिएको थिएन , यहाँ सम्मकी देवीकी आफ्नै सहोदर भाई नबिन गुरुङ नागोयाबाट आउँदा पनि भेट गर्न दिएको थिएन । अन्तत: करौडो मुल्य पर्ने लागुऔषधमा सँगलग्न भएको प्रहरिले प्रमाणित गरेरै छोड्यो । यस कुकर्मका कारण शिर नुगाउनु परेकोमा जापान बासी नेपाली हरु चिन्तित भएका छन । यसले शिन ओकुबोमा नेपालीहरुको जन घनत्व बढे सङ्गै अली सजगता पनि अपनाउन पर्ने केही नेपालीहरुको भनाइ छ । उनीहरु पक्राउ पर्नाको कारण: जापानमा प्रशारण हुने टेलिभिजन ए एन एन का अनुसार अनुसार लागुऔषध ओसारपसार गर्ने उनीहरु दुबै जना जापानमा सेनमन भोकेसनल कलेज अध्ययन गर्दै आएका थिए। भारतिय हवाई मार्गहुदै जापानको नारिता एयरपोर्ट मार्गबाट आएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागु औषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो। ती मध्य सामाग्री दुई नेपाली वस्ने घरमा कुरियर मार्फत पुगेपछि लागुऔषध ओसारपसारमा उनीहरुको संलग्नता पुष्टि गरेको थियो। बरामत गरिएको लागुऔषधमा करिव ३.५ किलो चरेस राखी उनीहरुको ठेगानामा कुरियर गरि पठाईएको थियो। लगत्तै प्रहरीले उनीहरुको कोठामा छापा मार्दा थप १८.६सय ग्राम चरेस भेटाएको थियो।भारतिय हवाई मार्गहुदै जापानको नारिता एयरपोर्ट मार्गबाट आएको बाध्यबादक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका उनिहरुको कोठामा लागु औषध कुरिएर गरेको फेला परेपछि उनीहरु प्रमाणित भएको हो। समाचारमा उनीहरुलाई जापानमा लागुऔषध ओसारपसारमा संलग्न ठूलो गिरोह हुनसक्ने अनुमान समेत गरेको छ। बरामत गरिएकोलागुऔषधको बजार मुल्य करिव १५ करोड येन भएको प्रहरीले दावी गरेको छ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.