- बुद्दम शरण गच्छामी !
धर्मम शरणम गच्छामी !!
संघमम शरणम गच्छामी !!
बोलका विश्व शान्तिका अग्रदुत भगवान गौतममा आस्था राख्ने धार्मिक गीत गाउदै जब चन्द्र कुमार दोङ स्टेजमा प्रवेश गरे , हल नै सुनसान भयो र उहाको प्रस्तुती सक्ने बितिक्कै दर्शकदिर्घाबाट तरर ताली पिटेर उहालाई स्वागत गरिएको थियो , लाग्थ्यो कि शान्तीको धुन , शब्द सुन्न मानिसहरु कती आतुर छन ..?
जापानमा हुने धेरै जसो साङेगेतिक कार्यक्रम माया प्रिती , रक एन पप , दोहोरी गीत जस्ता हुने गर्थे , तामाङ समाज जापानले भने एउट छुट्टै खालको कार्यक्रम आयोजना गर्यो , जसले नेपाली समाजलाई मनोरन्जनका साथ गीत मार्फत सत्मार्ग तर्फ उत्प्रेरित गर्नका लागि एउटा साङेगेतिक माहोलको स्रृजना भएको थियो ।
आफ्नो जीवनमा २ हजार भन्दा बढी गीतमा स्वर दीई सक्नु भएका चन्द्र कुमार दोङ्ले यती मात्रै मा सिमित राखेनन्, यस्तै सन्देशमुलक अर्को गीत थपे ।
संसार यहाँ विचित्र छ ,
मरेर लानु पो के छ र ..?
अधर्म कहिल्यै नगर्नु ,
सके पुण्य कमाउनु ,
उनका सुमधुर स्वर सहित सन्देशमुलक गीत हरुले हलनै गुन्जायमान भएको थियो ।
हो अहिले संसार बिचित्रकै छ , आणविक आविष्कारमा होड्बाजी, शक्तिशाली राष्ट्र हुनुमा होड्बाजी, आर्थिक , राजनैतीक ,पहुँच इत्यादी बिषयमा होड्बाजी चलेको देखिन्छ , एद्दपी उनिहरुले सिधा प्रस्तुत नगरेता पनि कृयाकलापबाट यस्तो किसिमको बातावरणको महसुस गरिएको छ ।
यस वाहेक बिज्ञानले संसार यती सानो बनाई दिएको
छ , कि कुनै एक देशको घटना , अविस्कार , अनुसन्धान , पहुँच , मिलन , विछोड तुरुन्तै अन्य देशमा पनि समाचार बन्छ, भाईरल बन्छ ।
यसको लागि हप्तौं , महिनौ, वर्षौ सम्म कुरिरहनु पर्दैन । उनका सुमधुर स्वर सहित सन्देशमुलक गीत हरुले हलनै गुन्जायमान भएको थियो ।

गत आइतवार समाज, द्वारा आयोजित "सोनाम ल्होछार २८५३ सांस्कृतिक कार्यक्रम २०१७" मा नेपालबाट आमन्त्रित वरिस्ठ गायक चन्द्र कुमार दोङ्ग ,गायिका निर्मला घिसिङ्ग , हास्यकलाकार बुद्दी तामाङ्ग (हैट) लगायत स्थानिय कलाकार हरुले मनोरन्जन दिएका थिए ।
उक्त सांस्कृतिक कार्यक्रम टोकियो स्थित इताबासी कूमीन सेण्टर र फुकुओकामा भएको थियो ।
उहाहरु तिनै जना जापानमा आ - आफ्नो प्रस्तुती सकेर नेपाल फर्की सक्नु भएको. छ ।