जापान सरकारले विभिन्न क्षेत्रमा योगदान गरे वापत जिज्ञान कुमार थापा सहित ५ जनालाई सम्मान गरेको छ । मंगलवार सम्मानित भएका जिज्ञान कुमार थापाले खुशी हुँदै आफ्नो फेसबूक स्टाटसमा लेखेका छन ' म सम्मानित भएको कार्यक्रम जापानका लिडिङ च्यानलहरुले पनि प्रशारण गरेका छन , 日本テレビに出させていただきました" भन्दै उनले जापानी र नेपाली भाषा दुबैमा व्यक्त गरेका छन ।
आठौ पटक आयोजना गरिएको यो सम्मानित कार्यक्रममा थापा पहिलो बिदेशी नागरिक हो । ' युथ लिडर अवार्ड ' नाम दिइएको उक्त पुरस्कार दुई देश बिचको सम्बन्धलाई सुद्रित गर्दै अन्तरराष्ट्रियकरण गर्न सहयोग गदै उहाले नेपाल र जापानमा भुकम्प जादा सकृयताका साथ स्वयम सेवा गरे वापत थापालाई यो अवार्ड प्रदान गरिएको हो ।
थापाले आफ्नो ' तामागो ' संस्था मार्फत भुकम्प पीडित वालवालिकाहरुको शिक्षाको लागि पनि काम गर्दै आएका छन ।
पहिलो पटक दम्पती ओदा युरिको र ओदा योइची सहित हानायागी , कोतोओमी, फुजीसावा रेत्वु , ईवाचुकी युकाका साथमा थापालाई पनि सम्मानित भएका हुन । रोपोङगी हिल्समा आयोजना गरिएको उक्त सम्मानित कार्यक्रम मा जापानका लागि नेपाली कार्यवाहक राजदुत कृष्णचन्द्र अर्याल , एन आर एन आई सि सि का उपाध्यक्ष भवन भट्ट , एवरेष्ट इन्टरनेशनल जापानका अध्यक्ष डा । भुपलमान श्रेष्ठ लगायत अन्य उपस्थित व्यक्तित्व हरुले थापालाई बधाई दिएका थिए ।