शेर्पा संघ , जापानले मार्च ५ मा ग्याल्बो ल्होसार मनाउने

Everest Fuji News २०७३ फाल्गुन २ मा प्रकाशित       Published at 2017 Feb 13


शेर्पा संघ टाेकीयाे जापानले शेर्पाहरुको महान चाड मे मो च्या लो (चरा वर्ष) २१४४ को अवसरमा फाल्गुन २२ गते अर्थात मार्च ५ मा ग्याल्बाे ल्हाेसार कार्यक्रम आयाेजना गर्ने भएको छ । जापानकाे राजधानी टाेकीयाेमा हुन गईराखेकाे उक्त्त ल्हाेसार कायॅक्रमकाे तयारी अन्तीम चरणमा पुगीसकेकाे आयाेजक संस्था शेपाॅ संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेपाॅले जानकारी दीनुभएकाे छ ।टाेकीयाे स्थित मन्दीर रेष्टुरेन्ट 〒105-0023 Tōkyō-to, Minato-ku, Shibaura, 1 Chome−2−2, シーバンスアモール 2F मा आयाेजना गरिएकाे उक्त्त कायॅक्रममा जापान स्थित राजदुताबास ,NRNN , आदीबासी जनजाती माहसंघ जापान अन्तॅगतका सबै जातीय संगठन ,समाजसेबी तथा जापानबासी शेपाॅ तथा गैर शेपाॅहरुलाई पत्रचार गरिसकेकाे र पत्रचार गर्न र सम्पकॅ हुन नसकेका सम्पुणॅ जापानबासी दाजुभाई तथा दिदि बहिनीहरुलाई यसै सुचनालाई आदार मानी कायॅक्रममा सहभागि भईदिन आयाेजक संस्था शेपाॅ संघ टाेकीयाे जापानका अध्यक्ष ल्हाक्पा गेलु शेपाॅले अपिल गरेका छन ।जापानकाे राजधानी टाेकीयाेकाे Hamamatsu staion नजीकैकाे मन्दीर रेष्टुरेन्टमा बिहान ११ बजे देखी बेलुका ६ बजे सम्म हुन गईराखेकाे कायॅक्रममा संघ द्वारा शेपाॅ सास्कृतीक स्याब्रु नृत्य , शेपाॅ सेलाे नृत्य ,बिभिन्न नेपाली नृत्य ,स्थानीय गायक कलाकारहरुकाे गायन प्रस्तुती संगै अन्तमा डीजे सेसन , शेर्पा खाना परिकार शेर्पा स्याब्रु राष्ट्रिय तथा स्थानिय शेर्पा कलाकारहरुको सांगितिक प्रस्तुति, सम्मान कार्यक्रम, शेपाॅहरुको लोप हुन लागेको सिली, नादिङ आदिको प्रस्तुति गरीने आयोजक संस्थाले जानकारि दिनुभएकाे छ । जापानमै नेपालीहरुबाट खाेलिएका र जापान सरकारकाे कानुनी परिधिमा रहि दताॅ गरिएकाे संस्था मध्येकै जेठाे संस्था शेपाॅ संघ टाेकीयाे जापान सन २००२ मा स्थापित गरिएकाे यस समाजिक संस्थाले जापानमा आपत बिपतमा पर्दै आएका गैर शेपाॅ एबं शेपाॅ बिरामीहरुलाई आथीॅक सहयाेग ,बीरीमीकाे मृत्यु हुन गएमा दाहसंस्कार गर्दा देखी नेपाल स्थित समाजिक संघ संस्थाहरुलाई आथीॅक सहयाेग समेत गर्दै आईराखेकाे छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.