बिहीवार, माघ-२०,जापान।
जापानमा बिगत ३ वर्षबाट नेपाली हरुको सँख्या ह्वात्तै बढेको छ ।एद्दपी यस दुरिमा यकिन तथ्याँक नभयता पनि करिव ४० हजार बाट करिव ६० हजार पुगेको अनुमान गरिएको छ । नेपालीहरुको आगमन बढे सँगै समस्याहरु पनि दिन प्रती दिन बढ्दो छ। यसको ज्वलन्त उदाहरण बिगत ८ महिनाको बिचमा ८ जनाको अस्वभाविक रुपले मृत्यु भएको छ । ति मध्य ५ जनाले त आत्महत्या नै गरे । यि मध्य त ४ जना भाषा विद्यार्थी थिए भने १ जना गत आईतवार कूक भिजाका खानागावामा बस्ने ३२ वर्षिय सञ्जय खत्रीले आत्महत्या गरी निधन भएका थिए ।
यि त भए असमाहिक निधन , तर बचेँका हरु पनि विबिध समस्या सँग जुधेका छन , जापानवासी नेपाली। मुख्यतया: भाषाको समस्याले पनि विभिन्न समस्या निम्त्याएको छ । किनकी यहाँको दैनिकी जीवन देखी काम गर्ने ठाउमा सामान्य आधारभुत भाषाको आवस्यकता पर्छ ।
यहाँ जापानमा आउने विभिन्न विधा मध्य सबै भन्दा बढी समस्या विद्यार्थी र कूकमा देखिएको छ ।
किनकी विद्यार्थीहरु आफ्नो समस्या सँग जुध्न नसकेर नै आत्महत्या गरेका छन भने कूक हरु को पनि आफ्नै समस्याहरु छन । समस्या बिबिध भए पनि विद्यार्थिको हकमा जापान सरकारको मापदण्ड अनुसार प्रती हप्ता २८ घण्टा काम गर्न पाउने नियमनले गर्दा पनि उनिहरुलाई पिरोलिरहेको हुन्छ । किनकी तोकेको समय भन्दा बढी काम गर्दा भिजा थपमा समस्या हुने , तोकिएको मापदण्ड अनुसार काम गर्दा नेपालबाट आउदा लिएको ऋण तिर्न नभ्याउदै कलेजको भर्नाको लागि पैसा जम्मा गर्नु पर्ने हुन्छ । यो मात्रै नभएर सोचे जस्तो कलेजमा भर्ना नपाउने हो कि भन्ने पिरलोले पनि सताईरहेको हुन्छ, उनीरूलाई ।
त्यस्तै कूकको पनि आफ्नै विबिध किसिमको समस्या छ । भाषा , आवास, तलब, सुबिधा इत्यादी ।
यिनै विबिध समस्या प्रती लक्षित गरी बाँके बर्दिया समाज जापान द्वारा आयोजित नेपाली राजदुतावास र गैर आवासिय नेपाली संघ , जापानको बिशेष सहयोगमा बिभिन्न क्षेत्रका बिषय बिज्ञहरुका साथ यहि फेब्रुवरी ५तारिख आइतबार हुने बिशेष अन्तरक्रिया कार्यक्रम तयारी सकिएको छ |
कार्यक्रममा गल्कोट समाज ,जापान , बलेवा समाज जापान , दर्शनसमाज, वि फर अल जापान , नेपाल जापान युथ क्लब , धादिंगसमाज जापान , पर्बत समाज जापान , रुपन्देही समाज जापान , चितवन समाज जापान , अर्घाखाची समाज जापान , कास्की पोखरासमाज , गोर्खा समाज जापान , नेसाज, नेपाल जापान बिधार्थीसमाज, गुल्मेली समाज , थकाली सेवा समाज , रामेछाप समाज , शेर्पा संघ , नेपाली साझा समाज , पुर्बी नेपाल बिकाश सहकार्यकेन्द्र , युथ फर अल , बिहुकोट समाज , नेपाली इन जापान , सुदुरपश्चिम समाज , म नेपाली समूह , राप्ती समाज , स्याङजा समाजजापान , हामीले नगरे कसले गर्ने अभियान , पाल्पा सेवा समाज , नेपाल जापान आर्थिक संगठन लगाएत जापानका विभिन्न सस्थाकोसहकार्य रहेको छ | कार्यक्रममा प्रबाशमा नेपालीहरुका समस्या,चुनौती र समाधान बिसयमा विभिन्न बिसयबस्तुका बिज्ञहरुकोप्रस्तुति रहनेछ | कार्यक्रममा जिज्ञान कुमार थापा , डा. होम बहादुर रिजाल , डा .प्रकाश शाक्य , डा. सन्दीप शाक्य , डा.विजय ज्ञवाली , लगायतका सामाजिक अभियन्ताहरुको प्रस्तुति हुनेछ |
Venue:
TKP conference center
shinjuku,1chome -14-11 Nishishinjuku, Shinjuku,
Tokyo 163-0990 सिन्जुकु मिनमी गुचिबाट ३ मिनेट