जापान बसाईको समस्या, चुनौति र संभावना बारे बाँके बर्दिया मैत्री समाजको कार्यक्रम हुँदै

Everest Fuji News २०७३ माघ ७ मा प्रकाशित       Published at 2017 Jan 20


जापान। बिगत केहीसमय देखि जापान नेपालीको हरुको लागि अध्यन, अध्यापन, रोजगारी र ब्यावसायको निम्ती आकर्षक मुलुक बनेकोछ । यस्को साथसाथै नेपालीहरुको संख्या उल्लेख्य मात्रामा बढ्ने क्रम जारिछभने आगामी केहि बर्षमा यसको संख्या अझै बढेरजानेमा दुइमत छैन तथापी नेपालीहरुको संख्या बृद्धि सँगै बिभिन्न समस्याहरुपनी बढेर गएका छन । बाँके बर्दिया मैत्री समाज जापानको आयोजना र नेपाली राजादुतावास जापानको बिशेष सहकार्यमा गत बर्ष बृहत स्वास्थ्य सचेतना गोष्ठीको आयोजना गरेको यहाहरुसबैलाई सर्बबितितैछ र जस्को सकारात्मक प्रभाव नेपाली समुदायमा अझपनी रहेको जानकारी गराउन चाहन्छौ । तेसैले योबर्षपनी अझ बृहत रुपमा अन्तरकृया तथा बिचार गोष्ठीको आयोजनालाई बिभिन्न क्षेत्रका बिषय बिज्ञहरुका साथ संपूर्ण संघ संस्था, राजदुतावास र गैर आवासिय नेपाली संघको संयुक्त सहभागितामा जापानमा नेपाली हरुका अवसर, चुनौती र समस्या बिषयक गोष्ठीलाई एउटै मंचमा बृहतरुपमा सामूहिक छलफल र अन्तर्कृयागरी एउटा ठोस निष्कर्ष र नोचोड निकाल्ने र उक्त ड्राफ्टलाई नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघलाई जानकारीका साथै आबस्यक कार्यकोलागी बुझाउनेपनी यस्को उदेश्य रहेको छ । यसका साथै उक्त निस्कर्षलाई संपूर्ण संघ संस्थाका प्रतिनिधिले आफ्नो संस्थामा लीइ बृसतीत रुपमा प्रस्तुत गर्ने पनिरहेको जानकारीकोगराइन्छ । अन्तर्कृयामा छलफल हुने मुख्य बिषय : १) जापानमा अध्यन अध्यापनका अवसर, चुनौती र समस्या । २) जापानको सामाजिक सुरक्षा प्रणाली, सामाजिक कल्याण प्रणाली प्रती नेपाली समुदाय कती जानकार छन् र योबुझ्न किन जरुरी । ३) जापनमा सरणार्थी आबेदन दिनेमा नेपाली सबै भन्दा बढ़ी हुनुका कारण र रोकथामका उपाय । ४) जापानमा नेपाली हरु नेपाली सँगै किन असन्तुष्ट यीनका कारण र रोकथामका उपाय । ५) जापानका नेपाली हरुको समग्रमा स्वास्थ्य अवस्था, मानासिक रोग तथा आत्महत्या न्यूनीकरणका उपाय तथा जापानी स्वास्थ्य सेवामा पहुच, इन्स्योरेन्स गर्न किनजरुरी र यस्का प्रकार । ६) जापानका नेपाली संघ संस्था बिचमा समन्वय, संघ संस्था र एआरएन संगको सम्बन्ध र नेपाली राजदुतावास संगको सहकार्यताको अवस्था कस्तोछ यसमा सुधार कसरी सम्भव । ७) नेपाली पर्येटन क्षेत्रको बिकाशको लागि संघ संस्था तथा नेपाली समुदायको भूमिका । ८) नेपाली समुदाय र जापानी समुदाय बिचको अन्तर सम्बन्धको अवस्था र नेपाली समुदायप्रती जापानीहरुको धारणा । ९) जापानमा नेपाली महिला तथा बालबालिकाको समस्या तथा अबस्था । १०) जापानमा रोजगार र ब्यावसायको लागी अवसर, चुनौती र समस्या । माथि उल्लेखित बिषयमा छुट्टा छुट्टै बिषय बिज्ञको प्रस्तुती रहनेछ भने एउटा छुट्टै समीक्षकको टोली रहनेछ जसले अन्तिम ड्राफ्ट तयार गर्नेछ । तेसैले सोही बिषयमा केंद्रितरही संस्थाको सुझाव, सल्लाह र धारणा लिखितरुपमा उक्त कार्यक्रममा पेशगर्नको लागी सम्पूर्ण संघ संस्थालाई लिखित जानकारी गराइ सकिएकोर सम्बन्धित संघ संस्थालाई पनि सोही बमोजिम गरी सहयोग गर्न यही बिज्ञप्ति मार्फत अनुरोध गर्न चाहन्छौ । माथिका बिषयमा तपाईंको संस्थाको राय, सुझाव र बिचारले जापानमा नेपाली समुदायको ब्यक्तीगत र सामाजिक जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन अहम भूमिका खेल्ने विश्वाशगरेकाछौ । यो कार्यक्रमलाई नेपाली राजदुतावास जापान, गैर आवासिय नेपाली संघको बिशेषको सहकार्य रहेकोछभने सबै संघ संस्था हरु सहआयोजक रही सबैको साझा कार्येक्रम हुनेछ । साथै कार्यक्रम आयोजनाको सह आयोजक रही कार्यक्रम आयोजनामा सहयोगको लागि पनि अनुरोध गरेको जानकारी गराउछौ र सहकार्यको निम्ती जनवरी २० भित्र संपर्क गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । धन्यवाद । कार्यक्रम मिती : २०१७/२/५ ( आईतवार ) १ देखी ५ बजे सम्म स्थान: TKP Conference Center Shinjuku,1 Chome-14-11 Nishishinjuku, Shinjuku, Tokyo 163-0990-0990, शिन्जुकु मिनामी गुची बाट ३ मिनेट कार्यक्रम तालिका : १) १ :०० - १:३० बजे कार्यक्रमको औपचारिकउदघाटन २) १: ३० - ३:३० बजे बिषय बिज्ञको प्रस्तुती ३) ३:३० - ४:३० बजे प्रश्न उत्तर कार्येक्रम ४) ४:३० - ४:४५ कार्यक्रमको सारांस ५) ४:४५ - ५:०० कर्यक्रमको समापन जनक बिक्रम शाही कार्यक्रम संयोजक तथा अध्यक्ष बाँके बर्दिया मैत्री समाज संपर्क - ०९०-६७८५-६३०२, ०९०-८०५४-७४०४


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.