प्रेमीला गौचन ।
पौष-२९ शुक्रवार , टोकियो ।
गत सोमवार आफ्नै कोठामा आत्महत्या गरी मृत्युलाई रोजेका जोन तामाङको आज अन्त्यष्टी भएको छ । कावासाकी,नागाहारा वार्ड स्थित खामीमारुको आकुवा शबग्रिहमा उनको दाहा सन्स्कार गरिएको हो ।
उनको अन्त्यष्टी पश्चातको अस्तु म्रितकका आफ्नै साला रन्जित श्रेष्ठले नेपाल लिएर जादैछन । नेपालमा उनले धार्मिक परम्परा अनुसार काज कृया गरी विसर्जन गर्नेछन । नेपालमा उनका आफ्नै दिदी अस्मिता लामा श्रेष्ठ (जोहनकि श्रीमती ) , ६ वर्षका छोरा श्रिधर लामा र म्रीतकका आमाले संयुक्त रुपमा कृया शुद्दी गर्नेछन ।
सार्वजनिक बिदा नभएको दिनमा बिहान ९ बजे राखिएको श्रद्दान्जली कार्यक्रममा पनि जापानका लागि कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल लगायत टोकियोवासी विशिष्टहरुको उपस्थिती बाक्लो रह्यो । तर जातिय संगठनबाट भने उपस्थिती देखिएन ।

१ मि. मौन धारण गरी सुरु भएको श्रद्दान्जली कार्यक्रममा कार्यकवाहक राजदुत अर्यालले जापानवासी नेपालीहरुको अस्वभाविक मृत्युको कारण र न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा राजदुतवासले सुक्ष्म किसिमले अध्ययन भई रहेको जानकारी दिनु भयो । एन आर एन जापानका अध्यक्ष सुदन थापाले यस्ता किसिमका अप्राकृतिक ढंगले हुने मृत्यु को न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा सम्बन्धीत बिषयका विज्ञ , विशिष्ट व्यक्तित्व , सामाजिक अभियन्ता , व्यवसायी , विद्यार्थी , सर्वसाधारण सबैलाई भेलाले गरी जन चेतना तथा न्युनिकरणको लागि निकट भविश्य मै कार्यक्रम तय भएको बताउनु भयो ।

तामाङ समाज, जापानका अध्यक्ष कर्म वाङगेल लामाको नेत्रुत्वमा सम्पन्न भएको आजको अन्यष्टी कार्यक्रममा एन आर एन आइ सि सि का कपिल देब थापा , जन प्रगतिशिल मोर्चा जापानका पुर्व अध्यक्ष तथा सफल व्यवसायी अरुण श्रेष्ठ, जनसंपर्क समिती जापानका अध्यक्ष डि पि कँडेल ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ , एन आर एन जापान का सल्हाहकार जिज्ञ्यान कुमार थापा ,महासचिव अनुज थापा , कास्की समाजका अध्यक्ष शिव प्रसाद पौडेल, एभिन्युज टेलिभिजन जापान ब्युरोका उत्पादनकर्ता मर्म तामाङ लगायत जापानवासी नेपालीको बाक्लो उपस्थिती थियो ।
