प्रेमिला गौचन ।
पौष-२६,जापान।
खाडी मुलुक बाहेक बिकसित देशहरु मध्य नेपालीहरुको मृत्यु आत्महत्या र हृदयघातबाट हुने गरेको अन्य देशको तुलनामा जापान नै पहिलो पन्तीमा आएको छ । हुन त औपचारिक अध्ययन त भएको छैन , तैपनी विश्वमा छरिएर रहेका नेपालीहरुको गतिबिधिको बारेमा प्रसारित समाचारले यो तथ्य देखाउछ । विभिन्न पत्रपत्रिका लगायत बिभिन्न अनलाइन मिडियामा प्रसारित समाचारको अध्ययनले यो तथ्यान्क देखाएनुसार अमेरिकामा भने सडक दुर्घटना र लुटेराहरुको सुटर बाट मृत्यु हुने बढी देखिन्छ । तर सामान्य रुपले मृत्यु हुने नेपालीको आँकडा भने यहाँ उल्लेख गरिएको छैन । तर यसको मृत्यु दर भने जनसंख्याको आधारमा थपघट हुन सक्छ ।
यहाँ उल्लेख गर्न खोजिएको चाँही अस्वभाविक रुपले मृत्यु भएका नेपालीले हरुको वारेमा हो । जापानमा अस्वाभाविक रुपले यो ७ महिनाको बिचमा ७ जनाको मृत्यु भएको छ ।
अध्ययन कै क्रममा आएका (१) रमेश तामाङको ह्रिदयघातबाट मृत्यु भएको छ भने उनी मृत्यु भएको करिव ३ हप्ता नबित्तै रोल्पाका (२) मगर थरका एक युवाको पनि यस्तै प्रकृतिबाट मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको थियो । उनी पनि अध्ययनकै क्रममा जापान आएका थिए । यि दुबै युवा टोकयोबासी थिए ।
यो साताको गत बुधवार पनि मुग्लिङ्को (३) बिनोद तुलाचनको अस्वभाविक मृत्यु भएको छ । किनकी उनलाई राम्रै अवस्थामा छोडेर काममा गएकी उनकी श्रीमती कोठा फर्कदा तुलाचन को मृत्यु भई सकेको थियो । उनको मृत्यु अस्वाभावीक रुपले वान्ता गरेर बेहोस भय लगत्तै उनका छोरी र छिमेकिको सहयोगमा अस्पाताल पुर्याउदा चिकित्सक्ले मृत्यु घोषणा गरेको थियो ।
करिव ३ हप्ता पहिले जापानबाट नेपाल हिंडेकी चितवनकी (४) मधुरा देवीको पनि हानेदा बिमान्स्थल मै अकस्मात मृत्यु भएको थियो । तर उनलाई चिकित्सकले कुनै पनि समयमा मृत्यु हुने डेड्लाइन समय भने दिएको थियो । तर उनलाई नेपाल जाने ईच्छा भए लगत्तै नेपाल जाने क्रममा प्लेन ल्यान्डिङमा डिले भय पछी घर फर्कने क्रम मा मृत्यु भएको थियो ।
त्यस्तै केही महिना अघी पोखराबाट अध्ययनको लागि आएकी (५) टिना गुरुङले जापानको ओकिनावामा आफ्नै कोठाको छेउमा झुन्डिएर आत्महत्या गरिन , उनले आत्महत्या गरेको करिब १ महिना पुगनपुग पहिले पनि पोखराकै (६) गुरुङ थर भएको एक युवाले जङलमा गएर आत्महत्या गरे । उनको लाश पत्ता लगाउन पनि आफन्त तथा जापान प्रहरीलाई एक हप्ता लाग्यो । उनको लाश कुहिएको अवस्थामा भेटिएको थियो ।
फेरी हिजो जोन तामाङ झुन्डिएको अवस्थामा फेला परे :
हिजो मात्रै काठमाडौ,पकनाजोलका (७) जोन तामाङ् (३२) ले टोकियोकै चिउदा वार्डमा बस्ने आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन । अहिले उनलाई नागाहारा प्रहरी चौकिमा अनुसन्धानको लागि राखिएको जानकारी तामाङ समाज जापानको अध्यक्ष कर्मा वाला तामाङले जानकारी दिनु भयो , उहाका अनुसार म्रितकका आमा ,श्रीमती , १ बहिनी र ६ वर्षको छोरो भएको भएको जानकारी दिनु भएको छ । उनका आमा एकल महिला रहेछन , आमाले खाइ नखाइ छोरालाई हुर्काइ बढाइ अध्यापन गराइ ठुलो सपनाको साथ जापान पठाएको हुन सक्छ । तर छोराको यो हविगतले उनको परिवारमा एउटा आँधिबेहरी भने पक्कै आएको अनुमान गर्न सकिन्छ ।
फाइल तस्विर : हिजो मृत्यु भएका जोन तामाङ , उनका धर्म पत्नी र ६ बर्षका छोराका साथमा