तुलाचनको अन्त्यष्टिको लागि उनको भाई आज बेल्जियमबाट आउँदै -

Everest Fuji News २०७३ पुष २३ मा प्रकाशित       Published at 2017 Jan 07


प्रेमिला गौचन । शनिवार , पौष- २३, जापान । गत बुधवार अकस्मात  निधन भएका बिनोद तुलाचनको अन्त्यष्टिको लागि उनका भाई शुशिल तुलाचन बेल्जियमबाट आज जापान आउने भएका छन । उनले आफ्नो दाईको आइतवार( भोली ) अन्त्यष्टी पश्चात अस्तु लगेर नेपालमा थकाली धार्मिक परम्परा अनुसार बिसर्जन गर्नेछन । भोली गरिने अन्त्यष्टी गृहमा सिमित व्यक्तिलाई मात्र सहभागी हुन अनुमती दिएकोले अन्य शुभचिन्तकहरुका लागी इकेगामी मन्दिरमा श्रद्दान्जली कार्यक्रम राखिएको थसेस जापानले जनाएको छ । तर जापानमा भएका सिमित थकाली जातीहरु पनि १२ वर्षमा एक पटक मात्रै मनाउने १२ वर्षे ( ल्ह फेव ) मेलामा दर्शन गर्नका लागि नेपालको मुस्ताङमा गएको हुनाले थकाली जातिको भने सहभागीताको कमी देखिनेछ । उक्त ठाउमा तुलाचनलाई श्रद्दान्जली दिन चाहने आफन्तजन , साथीहरु तथा संगै काम गर्ने सहकर्मी हरुलाई (भोली )आइतवारको दिनको ठिक १२ बजे इकेगामी मन्दिरमा सहभागी भैइदिनको लागि थसेस, जापानका अध्यक्ष बुध्दि गौचनले अनुरोध गर्नु भएको छ । #अध्यक्ष (बुद्धि गौचन) तथा थ.से.स. जापान परिवार २०१७ जनवरी ८ तारिक अाईतबार #समय :दिउँसो ठिक १२ बजे #ईकेगामी होमोनजी मन्दिर ,ईकेगामी (इकेगामी ( खाईकान) हल सँगैको मन्दिर ) * #कृपया यस दु:खद घडिमा कहि कतै बाहिरी रुपमा अार्थिक सहयोगको अपिल तथा संकलन नगरिएको जानकारी समेत गराउँदछौ । img_1560  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.