जापान । जापानदेखी नेपालसम्म सामाजिक कार्यमा सक्रिय समाजसेवी दीपक बाबु नेपालले सिद्दार्थ रेमिट जापानबाट सहयोग रकम प्राप्त गरेका छन । सिद्धार्थ रेमिट जापानद्वारा सुरु गरियको सदस्यता विस्तार अभियानमा समाजसेवी नेपाल सक्रियता पूर्वक सदस्यता विस्तारमा लागेका थिय । नेपालले सदस्यता विस्तार गरेको सिद्दार्थ रेमिटबाट भएको १ लाख १५ हज़ार रूपैयारूपैया प्राप्त गरेका छन । हामीसंगको छोटो कुराकानिमा नेपालले आफुलाई प्राप्त यो रकम चितवनको दुर्गम क्षेत्रमा रहेका चेपांग बालबालीका लगायत अन्य अशक्त व्यक्तिहरूको शिक्षा क्षेत्रमा ख़र्च बतायका छन । उनले भने - यो मैले प्राप्त गरेको यो रकम मेरो व्यक्तिगत ख़र्चको लागी गर्दिन , ती असाहाय , अपांग बालबालीका खूसी भय मेरो मन खूसी हुनेछ । सिद्दार्थ रेमिट जापानको तर्फ़बाट संचालकहरू बाबुराम भण्डारी र मेघराज नेपालले संयुक्त रूपमा शो रकम समाजसेवी नेपाललाई हस्तान्तरण गरिएको थियो । दीपकबाबु नेपाल हामीले नगरे कसलेगर्ने ?अभियानका अन्तराष्ट्रीय संयोजक समेत हुन । नेपालले जापानदेखी आफ़्नो जन्मभूमि नेपालसम्म विभिन्न तरिकाले सेवा र सहयोग गर्दै आएका छन । नेपाललाई जापानवासी नेपालीले समेत विश्वासको पात्रको रूपमा लिने गर्छन । नेपाल भन्छन - म अरुको खूसीमा आफु खूसी हुने गर्छू । सिद्दार्थ रेमिट जापानका संचालक बाबुराम भण्डारीले भने - दीपकबाबु नेपाल जस्तो व्यक्ति मैले पहिलो पटक देखेको हो , यति धेरै उदार मनको व्यक्ति हामीले अहिलेसम्म देखेका छैनौ । दिनरात आफ़्नो कामसंग़ै समाजसेवामा , अरुको दुःखमा सहयोग गर्नलाई सक्रिय व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागी पनि गर्वको कुरा हो ।