जापान।
जापानमा नेपाल र नेपालीको शान उच्च राख्दै डिसेम्बर २ तारिक माकुहारी मेस्सेमा भएको जापानको राष्ट्र ब्यापी बकृत्वकला मोतेकोन प्रतिस्पर्धामा सहभागी भई प्रथम हुन सफल युमी नेपाल स्कुलका संस्थापक हज़ारौ जापानी र बिदेसी प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल युमी नेपाल स्कुलका संस्थापक शरद चन्द्र राई लाई टक शो यूनिट जापानले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमालाबाट विशिष्ट सम्मान प्रदान गरिएको छ । सम्मान कार्यक्रमलाई हामीले नगरे कसले गर्ने अभियान
संम्बृद्घ नेपाल निमाण अभियान INFSD Japan
नेपाल जापान विद्यार्थी समाजको तर्फ़बाट संयुक्त रूपमा सम्मान गरिएको थियो । राईले वक्तृत्वकलामा प्रथम हुदै ११ लाख १० हज़ार जापानी यन प्राप्त गर्न सफल भयका थिए । आफ़्नो पुरस्कार खोटाँगमा संचालनमा रहेको यूमि स्कूलको स्कूल बस किन्नमा ख़र्च गर्ने बतायका छन ।
प्रवासमा रही नेपालको शिक्षा क्षेत्रमा राईले पुराएको अतूलनीय योगदानको कार्यक्रमका प्रमुख अतिथि धमालाले मुक्तकण्ठले प्रशंसा गर्दै युमी नेपाल ट्रस्ट मार्फत सुरु गर्नुभएको अभियानमा सम्पूर्ण जापानवासीले सहयोग गरेकोमा खूसी व्यक्त गरेका थिए । राईले सम्मान पछी मंतव्य दिदै नेपालमा आइटीको विकास गर्न ज़रूर रहेको बताय ।
हामीले नगरे कसले गर्ने ? अभियानका अन्तराष्ट्रीय संयोजक तथा टक शो यूनिट जापानका सक्रिय व्यक्तित्व दीपक बाबू नेपालले राईलाई नेपालको झंडा ओढ़ाई सम्मान गरेका थिए ।