टोकियोमा राप्रपा भातृ संगठन ओनो जापानको एकता भेला सम्पन्न -

Everest Fuji News २०७३ पुष ११ मा प्रकाशित       Published at 2016 Dec 26


टोकियो,जापान । राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकिकरण भए संगै राप्रपा को प्रवासी संगठन ओनो जापानको एकता भेला सम्पन्न भएको छ । ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको अध्यक्षतामा सम्पन्न भेलामा उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई लगायतले पार्टी एकिकरणको आवस्यक्ता र उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो । भेलाले आगामी ८ तारिकका दिन पृथ्वी जयन्ती (एकता दिवस) भव्य रुपमा मनाउने समेत निर्णय गरेको छ । सो को लागि नेपाली मुरा हलमा १ बजे उपस्थितीको लागी सम्पूर्ण राष्ट्रवादी हरुलाई आव्हन गरेको छ । img_4228 पार्टी एकिकरण संगै जापानमा सह–अध्यक्षमा सुशिल बिर. जवरा लाई सर्वसम्मत मनोनित गरेको छ । मनोनित भएसंगै सह–अध्यक्ष जवरा ले पार्टीको उद्देश्य, नीतिलाई कार्यान्वयनगर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टी नेता कलेन्द्र बिक्रम शाहीले पार्टिकोे आस्था राख्नेहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो । भेलाले कान्तोमा बिक्रम क्षेत्री, तोहोकुमा चेत बहादुर शाही र कान्साईमा सौरभ मल्लको संयोजकत्वमा क्षेत्रिय समितिहरु समेत गठन गरेको छ । ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले देश अहिले इतिहासकै जटिल अवस्थामा पुगेको र राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेकोले देशको विकासको लागि पनि हामी प्रवासीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जापानमा बसोबास गर्ने हरेक नेपालीको समस्यालाई ओनो जापानले सम्बोधन गर्ने पनि भेलाले निर्णय गरेको छ, यसबाट त्यहा रहेका र समस्यामा परेका धेरै नेपालीले राहतको महसुस गर्ने उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.