पौष-६, टोकियो ,जापान।
मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानको आयोजनामा टोक्यो स्थित एभरेष्ट इन्टरन्यासनल स्कूलका बिद्यार्थी माझ नेपाली चलचित्र बिजुली मेशिनको बिशेष प्रदशन गरिएको छ | युवा तथा बाल बालिकाको निम्ती प्रेरणादायी चलचित्र भन्नेर चर्चा पाएको बिजुली मेशिन चलचित्र २ युवा बिज्ञानका विद्यार्थीको सङ्गर्श मा आधारित् चलचित्र हो ।
झन्डै १:४५ मिनेट लामो चलचित्र विद्यार्थीहरुले निकै चाख लिएर हेरेका थिए । फिल्म हेरे पछीको प्रतिकृया दिदै कक्षा ६ का बिद्यार्थी पुजन खत्रीले आफुले फिल्म हेरेर जिबनमा मिहिनेत गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने जानेको र मुलुकको निम्ती केही गर्नु पर्छ भन्ने प्रेरणा मिलेको प्रतिकृया दिए । कक्षा ३ कि बिद्यार्थी सिफसा सापकोटाले फिल्म हेरेर बिज्ञानको महत्व बुझेको र मलाई फिल्मको नाम पनि एकदम मन परेको प्रतिकृया दिइन |
यसै गरी स्कूलका प्राचार्य प्रदीप थापाले फिल्मको बिशय बस्तु बिद्यार्थीको निम्ती अत्यन्त उचित र प्रेरणा दायी भएकोले यो फिल्म बिद्यार्थीको लागि प्रदशन गरिएको प्रतिकृया दिदै फिल्म हेरे पछी बिद्यार्थी भाइ बहिनीले राम्रो प्रतिकृया दिएको बताउनु भयो ।
आयोजक सस्थाका अभियन्ता क्लिनिकल मनोबिद डा . बिजय ज्ञवालीले प्रेरणा मुलक र सकरात्मक् सन्देश बोकेको फिल्म भएकोले बिद्यार्थीको निम्ती यो फिल्म प्रद्शन गरिएको बताउनु भयो | आफ्नो अभियानले सधैं सकारात्मक बिचार र सोच को पक्षपोसण गर्ने हुँदा यो कार्यक्रम पनि त्यही क्रमको निरन्तरता भएको उहा को प्रतिकृया थियो |
पछील्लो समय बाल बालिका माझ कार्टुन र भिडियो गेम को अत्याधिक प्रयोग का कारण स्क्रिन को सहि प्रयोग माथि बहस चली रहेको बखत यसरी बालबलिका लाई समुह मा राखेर यथार्थबादी चल चित्र प्रदशनले उनीहरुलाई स्क्रिनको सहि प्रयोगको जानकारी हुने अपेक्षा राखिएको छ | जापानमा बस्यकका निम्ती थुप्रै कार्यक्रम भयता पनि बाल बालिका लक्षित मनोरन्जनात्मक कार्यक्रम निकै कम हुने गरेको छ । फिल्म हेर्न झन्डै ९० जना बिद्यार्थी जम्मा भएका थिए ।
कार्यक्रममा क्योदाइ रिमिटेन्स , जे .एम .इ रेमिट , सिटी ट्रावल एन्ड टुर र हामीले नगरे कसले अभियानले इभेन्ट सहयोगीको रुपमा आयोजकलाई सहयोग गरेका थिए |