प्रवासी नेपाली संगठन ( ओनो ) जापानले यही डिसेम्वर २५ मा टोकियोमा भेला गर्ने-

Everest Fuji News २०७३ पुष ५ मा प्रकाशित       Published at 2016 Dec 20


पौष-५, जापान। राप्रपाको भात्री संगठन प्रवासी नेपाली संगठन ( ओनो ) जापानले यही डिसेम्वर २५ मा टोकियोमा भेला राख्ने भएको छ । नेपालमा २ पार्टी बिच एकता भएको खुशीयालीमा यो कार्यक्रम गरिन लागेको ओनो जापानले जनाएको छ । नेपालमा केही वर्ष अघी संस्थापन पक्षहरु बिच विवाद चुलिदा २ खेमामा विभाजीत भएको थियो । स्व सुर्य बहादुर पक्ष पशुपती सम्सेर ज ब रा पक्ष । सन २००४ मा स्थापना भएको ओनो जापानले जापानबासी नेपाली हरुलाई हार्दिक आमन्त्रण गरेको छ यही डिसेम्बर २५ तारिख आइतवार सम्पन्न हुन गई रहेको उक्त भेलामा बिभिन्न दलका भात्री संगठन,सन्चारकर्मी, पेशाकर्मी , बुद्दिजिवी, श्रमजिवी लगायत अन्य व्यक्तित्वहरुलाई पनि आमन्त्रण गरिएको ओनो जापानमा अध्यक्ष चन्द्र उपाध्याय द्वारा जारी विज्ञप्तिमा जनाएको छ । कार्यक्रम शिन ओकुबो मै गर्ने तर कुन हलमा गर्ने अझै टुङो नलागेको  अोनोले जनाएको छ । ओनो जापानको आन्तरिक स्रोतका अनुसार आगामी पौष २५ तदनुसार जनवरी ११ मा पर्िथिवी नारायण जयन्ती मनाउने तय पनि गरेको जनाएको छ । img_1450  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.