जापानको इशिकावा प्रिफेक्चरमा भूकम्पमा मृत्यु हुनेको संख्या ११० जना, २०० भन्दा बढी अझै बेपत्ता

Everest Fuji News २०८० पुष २१ मा प्रकाशित       Published at 2024 Jan 06



जापान/

सोमबारको शक्तिशाली भूकम्पबाट इशिकावा प्रिफेक्चरमा ११० जनाको मृत्यु भएको पुष्टि भएको र २०० भन्दा बढी बेपत्ता भएको जापानी अधिकारीहरूले जनाएको छ |

नयाँ वर्षको दिनमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा धेरै धन जनको क्षति पुगिरहेको अवस्थामा फेरी शनिवार बिहान पनि सम्भवतः पहिलो जत्तिकै ठूलो ५.३ रेक्टर स्केलको भूकम्प नोटो क्षेत्रमा गएको छ ।अधिकारीहरूले बासिन्दाहरूलाई थप सतर्क रहन आग्रह गरिरहेका छन्,।

प्रभावित मध्य जापानका केही भागका मानिसहरूले अझै राहत पाएका छैनन्। भूकम्पका कारण आएको पहिरोले धेरै घरहरू ध्वस्त भएपछि अनामिजु टाउनको केही भागमा कम्तीमा १० जना फसेको अनुमान गरिएको छ।


धेरै सडकहरू अवरुद्ध छन्, बाँचेकाहरूको ठाँउसम्म पुग्न गाह्रो भईरहेको अवस्थामा केन्द्र सरकारले समुद्री मार्गबाट ​​पृथक तटीय क्षेत्रहरूमा राहत सामग्री पठाउँदै गरेको जापानी संचार माध्यमहरुले जनाएका छन |

प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो कार्यालयमा प्रकोप प्रतिक्रिया मुख्यालयको बैठकमा सम्बन्धित मन्त्रालय र एजेन्सीका अधिकारीहरूलाई “सकेसम्म धेरै जीवन बचाउन दृढतापूर्वक र राम्ररी उद्धार कार्यहरू सञ्चालन गर्न" भनेका छन | 

इशिकावा प्रिफेक्चरमा सरकारले पीडित बासिन्दाहरूका लागि अस्थायी घरहरू निर्माण गर्ने योजना बनाएको छ |

इशिकावामा भूकम्पले सडकमा क्षति पुर्‍याएको कारण राहत सामग्री पुर्‍याउन अधिकारीहरू अझै संघर्ष गरिरहेका छन्, जहाँ ३१,००० भन्दा बढी मानिसहरूलाई ३५७ आश्रयस्थलमा सारिएको छ।

केही आश्रयहरूमा शौचालय फ्लश गर्न बग्ने पानीमा सीमित हुनुपर्ने र पिउने पानी अभावका कारण स्वच्छता र मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने आँकलन गरिएको छ |





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.