जापान /
जापानमा भूकम्प ७२ घण्टा भएको छ |धेरै जसो सुजु र वाजिमा क्षेत्रमा अवस्थित कम्तीमा ८२ जनाको मृत्यु भएको र धेरै मानिसहरु भत्किएका घरहरु मुनि फसेको अनुमान गरिएको छ | ७२ घन्टा पछि मानिस जिउँदै फेला पार्ने सम्भावना निकै कम हुन्छ।
सडकहरु अवरुद्धका कारण हजारौं बासिन्दाहरू अझै पनि बिजुली र पानीविहीन छन र सयौं पहिरो र सहायताको पहुँचबाट टाढा छन्।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई उदृत गर्दै बिहीबार भनेका छन “अहिलेसम्म १५० जनाको उद्धार गरिएको छ र उद्धारकर्ताहरूले सकेसम्म धेरैलाई बचाउन आफ्नो पूर्ण प्रयास जारी रहनेछ|”
स्थानीय समय अनुसार सोमबार बेलुका १६:१० मा (०७:१० GMT) दुर्गम नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।