कान्साई ,जापान।
राष्ट्रीय स्वतन्त्र पार्टी अन्र्तरगतको प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्साई ( ओशाका) क्षेत्रीय समिति गठन गरेको छ । भेलाले कार्यक्रममा सुमन के.सीको सभापतित्वमा विविध पद सहित २१ जनाको कार्यसमिति सहित गठन भएको छ | केन्द्रीय सल्लाहाकार भोजेन्द्र् सुबेदिले बताउनु भएको छ |
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रीय स्वतन्त्र पार्टीकी केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सोबिता गौतमले जापान रोर्बट जस्तो विकास गरेको भएपनि नेपाललले सकारात्मक राम्रा कुराहरु सिकेर लागु गर्ने माध्यम विदेशमा रहेका नेपाली युवाहरु रहेको र सो कार्य गर्न आवहान गर्नु भयो अब नेपाल फर्केर देश बनाउनु पर्ने जिम्मेवारी पनि युवाहरुको रहेको बताउनु भयो । पारिवारिक भ्रमणमा जापान रहनु भएकी गौतम आएको अवसर पारेर कार्यक्रम आयोजना गरेको आयोजकले बताएको थियो । कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान केन्द्रीय समिति सभापति दिलेन्द्र जोशीको अध्यक्षतामा भएको थियो ।
गठन भएको समितिको उपसभापतिमा केशब शर्मा, महामन्त्री कमल कोईराला, सह महामन्त्री धर्मराज न्यौपाने, कोषाध्यक्ष प्रकाश कडेल, सह कोषाध्यक्ष प्रकाश निउरे र सदस्यहरुमा राजु सापकोटा, चन्द्र्प्रकाश ओली, हरि पौडेल, सुरेश पाठक, रामचन्द्र भन्डारी, मनोज प्रसाद जोशी, लोकनाथ सापकोटा, खेमराज थापा, खगेस्वर सापकोटा, प्रकाश कडेल ख, कबिराज ओझा, सन्तोष कडेल, तेजुराम सापकोटा, पशेल खत्री र काशी राम अर्याल रहनु भएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रिय सदस्य प्रकाश आचार्यले बताउनु भएको छ ।