राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग टोकियो क्षेत्रीय समिति गठन

Everest Fuji News २०८० जेठ २१ मा प्रकाशित       Published at 2023 Jun 04




टोकियो,जापान/ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग कान्तो क्षेत्रीय जापान समितिको आयोजनामा यही जून ६ तारिक मंगलवार“नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ ।यो क्षेत्र राजधानी टोकियो लगायत यसको वरपरको क्षेत्र पर्दछ |

हाल जापान भ्रमणमा रहेकी प्रतिनिधिसभा सांसद सोविता गौतमको प्रमुख आतिथ्यतामा भएको सो अन्तरक्रियात्मक कार्यक्रमले विभिन्न कारणवस परदेशमा आउन बाध्य नेपालीहरूलाई आफ्नो देशको राजनीतिक परिवेश, बदलिंदो अवस्था अनि गर्न सकिने योगदानका बारेमा झनै नजिक बनाउने विश्वास लिईएको आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद कँडेलले बताउनु भयो । 



होराई-चो १-१-३ मा रहेको खानागावा बेरू हलको ६०१ मा दिउँसो ३ बजेबाट करिव ३ घण्टाका लागि आयोजना गरिएको सो कार्यक्रममा सुमन के.सीको सभापतित्वमा विविध पद सहित २१ जनाको कार्यसमिति सहित गठन भएको छ | सल्लाहाकार समितिमा भोजेन्द्र् सुबेदि रहनु भएको छ | 

 जापानमा रहेका सबै वर्ग, समुदाय र उमेरका नेपाली समुदायलाई रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय सदस्य प्रकाश आचार्यले  संगठन बिस्तारका लागि विज्ञप्ति जारी गरेका थिए  । 

“आमूल परिवर्तनका लागि नेपाली राजनीतिमा विशिष्ट पहिचान बनाएको रास्वपालाई जापानमा पनि विशिष्टीकृत गर्दै आशा अनि भरोसाको पार्टी बनाउन हामी क्रियाशील छौं”, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका महामन्त्री खेमराज पौडेल भन्नुहुन्छ,”हामी भनेर होइन गरेर नै फरक हुने अभियानमा छौ, समय-समयमा अलग-अलग अनि प्रभावकारी काम अनि कार्यक्रमहरू गरेर यसको पुष्टी गर्दै जाने नै छौं ।”

भाेजेन्द् सुवेदि (सल्लाहकार)

०१. सभापति - सुमन के.सी 

०२. उप-सभापति - केशब शर्मा 

०३. महामन्त्री -कमल कोईराला 

०४. कोषाध्यक्ष - प्रकाश कडेल (क)

०५. सह महामन्त्री - धर्मराज न्यौपाने 

०६. सह-कोषाध्यक्ष -प्रकाश निउरे 

०७. सदस्य :- राजु सापकोटा 

०८. सदस्य :- चन्द्र् प्रकाश ओली 

०९. सदस्य :- हरि पौडेल 

१०. सदस्य :- सुरेश पाठक 

११. सदस्य :- राम चन्द्र भन्डारी 

१२. सदस्य :- मनोज प्रसाद जोशी 

१३. सदस्य :- लोकनाथ सापकोटा 

१४. सदस्य :- खेमराज थापा 

१५. सदस्य :- खगेस्वर सापकोटा 

१६. सदस्य :- प्रकाश कडेल (ख)

१७. सदस्य :- कबि राज ओझा 

१८. सदस्य :- सन्तोष कडेल 

१९. सदस्य :- तेजुराम सापकोटा  

२०. सदस्य :- पशेल खत्री

२१. सदस्य :- काशी राम आर्याल



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.