नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले म्ह पुजा र नेपाल सम्वत ११३७ मनाऊने ।"
Everest Fuji News२०७३ आश्विन १० मा प्रकाशितPublished at 2016 Sep 26
नेवा:अन्तर्राष्ट्रिय फोरम जापानको बार्षिक कार्यक्रम अन्तर्गत पर्ने म्ह पुजा यो वर्ष पनि आयोजना गर्ने भएको छ । साथै नेपाल सम्वत ११३७ पनि भब्यरुपमा मनाउने तयारी गर्दैछ ।
हाम्रो पहिचान भनेको हाम्रो आफ्नो संकृति हो , स्वदेश या विदेश जहाँ रहेपनि मनाउनुपर्छ भन्ने धारणा सहित नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापनाकाल देखि म्ह पुजा भब्यरूपमा मनाऊदै आईरहेकोछ ।
म्ह पुजामा शरिरमा कुनै पनि प्रकारको रोग- व्याद नलागोस् , निरोगी र दिर्घायुको कामना गरी शरिरको पुजा गरिन्छ । त्यसै दिन नेवार समुदायको नयाँ वर्ष अथवा न्हूदयाँ भिंतुना पनि पर्ने भएकोले एकआपसमा शुभकामना आदन प्रदान गरी, मीठामीठा परिकारको भोजन तयार गरी नाच गान सहित हर्षोल्लास साथ मनाऊदै आएकाछौं आयोजक संस्थाको महासचिव शिव तण्डुकारले बताऊनुभयो ।
नेवार मात्र नभएर अन्य नेपाली समुदयाको व्यक्तिहरू साथै जापानिजहरुको पनि उल्यख्य सहभागी रहने यस कार्यक्रमले नेवारी संकृतिको बारे केहि हद सम्म अन्य जातका नेपाली र जापानी समुदायलाई पनि जानकारी दिनेछ भन्ने आयोजक संस्था आशावादी देखिन्छ। आफ्नो कला र संकृति विदेशमा पनि जगेर्णा गर्ने र नयाँ पुस्तालाई पनि चिनाउदै लग्ने यस कार्यक्रमको मूल उदेश्य हो महासचिव तण्डुकारले प्रष्ट पार्नुभयो । साथै बिगतमा भन्दा फरक तरिकाले गर्ने तयारी समेत गरेको जानकारी पनि दिनुभयो । पहिलेका वर्षहरूमा गोला प्रथाबाट नाम छनोट गरी सिमित व्यक्तिहरूले मात्र छुट्टै मण्डपमा पुजा गर्न पाऊथ्यो भने यो पटक भाग लिने सबैले गर्न पाऊने गरी तयारी गरिनेछ, तर त्यसको लागि अग्रिम बुकिङ गर्नुपर्ने प्रवधान रहेकोछ । बुकिङको लागि आयोजक कमिटीका सदस्यहरूलाई सम्पर्क गर्नुपर्ने र मण्डप बुकिङ गर्ने अन्तिम मिति ३१ अक्टोबर रहेको समेत जानकारी दिनुभयो ।
सौजन्य: शिव तन्डुकार
गत साल जापानमा मनाइएका फाइल तस्बिरहरु