रास्वपाको कान्तो क्षेत्रीय समितिको गठन

Everest Fuji News २०८० बैशाख १७ मा प्रकाशित       Published at 2023 Apr 30




योकोहामा/ जापानको कान्तो क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको शनिवार भएको एक भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समितिको गठन गरेको छ।

सामाजिक अभियन्ता तथा युवा व्यवसायी प्रेमप्रसाद कँडेलको अध्यक्षतामा गठन गरिएको सो समितिको उपाध्यक्षमा सुशीला भट्ट, महामन्त्रीमा कमल बजगाई, सह-महामन्त्रीमा शिशिर सूरखेती, कोषाध्यक्षमा विशाल वि.के. र सह-कोषाध्यक्षमा राजु भण्डारी रहेका छन् । 



सो समितिको सदस्यहरूमा सदीप शर्मा, कुमार लामा, दीपक सुवेदी, विशाल क्षेत्री, सुनोद अधिकारी, सन्जय थापा, चुडामणि कार्की, टेकबहादुर क्षेत्री, अमृत आचार्य, निशान अधिकारी, पदम अधिकारी, टेनिस पुन, सुनिल सापकोटा, अनिलकुमार किशान र मोना पाण्डेलाई चयन गरिएको छ । 

प्रवास नेपाली सम्पर्क विभाग-जापानको सभापति दिलेन्द्रप्रसाद जोशीको अध्यक्षतामा भएको सो भेलाको प्रमुख अतिथिमा प्रवास नेपाली सम्पर्क विभाग-नेपालका उप-संयोजक केशवअधिकारी रहेका थिए । 

पार्टीले उठान गरेका विषय र एजेण्डाहरू विश्वभर छरिएर रहेका नेपालीहरूको भरलाग्दो पार्टीका रूपमा रास्वपा छोटो समयमा नै स्थापित भएकोले आफूहरूपनि समाहित भएको स्पष्ट पार्दै अध्यक्ष कँडेलले अब सबै नेपाली नागरिकहरूले जहाँ रहेपनि देशमा सुशासन स्थापना र आमूल परिवर्तन लागि मन परिवर्तन गर्नु आवश्यक रहेको दावी गरे । “यसका लागि सबैभन्दा उत्तम विकल्प भनेको अब रास्वपामा सहभागी भएर अग्रगामी सोंचसहित बृहत्तर हीतमा लाग्नु नै एकमात्र विकल्प हो”, उनले भने ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.