नागोयामा नेपाली खोलामा डुबेपछि उद्धार गरेर अस्पताल पुऱ्याईयो

Everest Fuji News २०८० बैशाख ६ मा प्रकाशित       Published at 2023 Apr 19



कविकिरण न्यौपाने /

नागोया ,जापान ।


जापानको नागोया शहरमा रहदैं आएका एक नेपालीको खोलामा डुबेपछि उद्वार गरेर अस्पताल पुऱ्याइएको खबर छ। उनि १९७५ - ११ - २८ जन्ममिति भएका हरेराम पराजुली रहेका छन्। उनलाई खोलामा डुबेको अवस्थामा प्रहरीले उद्वार गरि अस्पताल पुऱ्याएको एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले बताए। अस्पतालबाट भर्खर फर्केका कार्कीका अनुसार पराजुलीको चिन्ताजनक अवस्थामा उपचार भई रहेको छ।  


घाईते पराजुलीको स्वास्थ्य स्थिति बुझ्न संगै अस्पताल पुगेका एनआरएनए जापानका सचिव श्याम शितलका अनुसार उनि डुबेको खोला नजिकै उनको साईकल पनि रहेको थियो । उनि किन खोलामा गएका हुन् , कारण खुलिसकेको छैन। घाईते पराजुली नागोया स्थित नागोया सि ,नाकामुरा कु , नागोनोमा श्रीमति र ४ बर्षिया छोरी संग बस्दै आएको बताइएको छ। उनको नेपाल घर पर्वत रानीपानी रहेको बताइएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.