नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन

Everest Fuji News २०८० बैशाख ४ मा प्रकाशित       Published at 2023 Apr 17


 

सममाचारदाता

नागोया ,जापान।

। जापानको नागोया शहरमा आइतबर नेपाली संचारकर्मीहरुको भेलाले नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन गरेको छ। न्यौपाने नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार समेत हुन् । त्यस्तै सेन्टरको उपाध्यक्षमा विनोदकुमार सापकोटा र श्याम शितल रहेका छन् । सापकोटा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार हुन् भने शितल एनआरएनए जापानका सचिव हुन् ।

 

त्यस्तै, मिडिया सेन्टरको सचिवमा राजबिन थापा रहेका छन् । उनी नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कोषाध्यक्ष तथा बर्तमान राष्ट्रिय परिषद् सदस्य समेत हुन् । सहसचिवमा भने एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष समेत रहेका यमन देवान चयन भएका छन् । सेन्टरको कोषाध्यक्षमा निशान रानामगर रहेका छन् । उनी नेपाल पत्रकार महासंघ जापानका पूर्व कार्यसमिति सदस्य तथा स्याङ्जा समाज क्षेत्रीय समिति नागोयाका पूर्व अध्यक्ष समेत हुन् । कार्य समिति सदस्यहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका कार्यसमिति सदस्य समेत रहेका विकास लम्साल, राम तामाङ ,सरिता थापा रहेका छन् । तामाङ र थापा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कार्यसमिति सदस्य हुन्। 


जापानमा नेपालीहरुको संख्या १ लाख ४० हजार पुगेको अवस्थामा नेपालीहरुलाई सही सूचना सम्प्रेषण गर्न नेपाली मिडिया सेन्टर प्रभावकारी हुने सेन्टरका अध्यक्ष कविकिरण न्यौपानेले बताए । सेन्टरका सचिव राजबिन थापाका अनुसार छिट्टै जापानको नागोया शहरमा सेन्टरको आफ्नै कार्यलय सहित सूचना केन्द्र स्थापना हुने छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.