हज़ारौं श्रद्धालुहरुका बिच मंगलबार स्व आबेको टोकियोको जोजोजी मन्दिरमा अन्त्यष्टी सम्पन्न

Everest Fuji News २०७९ असार २९ मा प्रकाशित       Published at 2022 Jul 13



शुक्रवार चुनावी भाषाण दिने क्रममा हत्या भएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको शब करिब हजार भन्दा बढी श्रद्धालुहरुका बिच मंगलबार अन्त्यष्टि गरिएको छ | यि व्यक्तिहरु धुप बालेर शान्तिको कामना गरेका थिए |

२ सयभन्दा बढी व्यक्तिहरुले आबेको चिर शान्तिको लागि बौद्ध धर्म परम्परा अनुसार पूजा तथा प्रार्थना गरेका बिभिन्न संचार माध्यमहरुले जनाएको छ । 

त्यस्तै जापानी तथा विदेशी विशिष्ट व्यक्तित्वहरु पनि श्रद्धाञ्जली अर्पण गर्न भेला भएका थिए।


प्रधानमन्त्री किशिदा फुमियो, पूर्वप्रधानमन्त्री मोरी योशिरो, जापान ब्यापार महासंघका अध्यक्ष तोकुरा मासाकाजु र ताइवानका उपराष्ट्रपति लाई चिङ-ते सहभागी थिए ।


जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका उपाध्यक्ष आसो तारोले आबे प्रशासनमा लामो समय उपप्रधानमन्त्रीको रूपमा काम गरे। उनले आफु र आबेले जापानका लागि के राम्रो छ भन्ने बारेमा गहिरोसँग अधययन गरेको बताए ।

उनले भने “आबेले देशको अन्तर्राष्ट्रिय प्रोफाइल बढाउन मद्दत गरेको र उनलाई युद्धपछिको जापानमा सबैभन्दा ठूलो राजनीतिज्ञको रूपमा वर्णन गरे।

उनले थपे “आबेले स्वर्गमा आफ्ना उपलब्धिहरू गर्वका साथ आफ्ना बुबा सिन्तारो, पूर्व विदेश मन्त्रीलाई र आफ्ना हजुरबुबा, पूर्व प्रधानमन्त्री किशी नोबुसुकेसँग राजनीति कुरा गर्न सक्छन्।

, "म ढिलो वा चाँडो त्यहाँ हुनेछु, त्यही भेटौंला।"


आबेकी श्रीमती अकीले भनिन “यो अझै पनि सपना देखेको जस्तो लाग्छ। श्रीमान्का कारण धेरै कुरा अनुभव गर्न पाएको बताइन् । उनले थपिन् “उनका श्रीमानको योजनाहरु अझै अधूरो छ, तर उनले छरेको बीउ पक्कै पलाउछ।”

अन्त्यष्टी मन्दिर पेरिसरमा अकीले गाउँदै आबेले पियानो बजाईरहोको भिडियोहरू, दम्पतीले टेबल टेनिस खेलिरहेका र उनीहरूका युवा दिनका तस्बिरहरू, प्रदर्शनीमा राखिएको थियो ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.