जापानी पूर्वप्रधानमंत्री शिन्जो आबेको शव टोकियोमा ल्याईयो, बन्दुकधारीलाई अनुसंधान तिव्र गरिदै

Everest Fuji News २०७९ असार २५ मा प्रकाशित       Published at 2022 Jul 09



पूर्वप्रधानमन्त्री आबेको शवआफ्नै घर टोकियोमा आइपुगेको छ|

।पश्चिमी जापानको नारामा भाषण दिने क्रममा शुक्रबार आबेको गोली हानी हत्या भएको थियो ।

आक्रमणपछि आबेको नारा प्रिफेक्चरको अस्पतालमा उपचार गरिएको थियो, तर बेलुका ५ बजेपछि उनलाई मृत घोषणा गरिएको थियो।


पुलिस पोस्टमार्टम पछि, आबेको शव बोकेको गाडी शनिबार बिहान करिब ६ बजे नारा अस्पतालबाट उनकी श्रीमती आकी आबे सहित बोकेको गाडी दिउँसो १ः३० बजे शिबुया जिल्लामा रहेको उनको घरमा आइपुगेको छ ।श्रीमती सहित पूर्व प्रधानमन्त्री सुगा योशिहिदे र मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजु अस्पतालमा थिए।


आबेको शव बोकेर टोकियोमा उनको निवासमा आइपुग्दा उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइनमा बसेका थिए।

पूर्व प्रधानमन्त्रीको अन्त्येष्टि टोकियोको एउटा मन्दिरमा परिवारका सदस्यहरू र आबेका नजिकका मानिसहरूमा सीमित उपस्थितिमा हुनेछ।त्यसपछि सोमबार र मंगलबार २ दिन शोकसभा गर्ने कार्यक्रम रहेको छ | 

आबेको शव घर पठाएपछि प्रहरीले ४१ वर्षीय तेत्सुया यामागामी बन्दुकधारीलाई अनुसंधान तीव्र गरिएको छ | अनुसन्धानको क्रममा हत्याराको घरमा प्रहरीले फलामका पाइपहरूसँग धेरै प्रकारका घरेलु बन्दुकहरू भेट्टाएको छ।


विश्वको सबैभन्दा कम बन्दुक अपराधको दर भएको देशना दिनदहाडै भाषण दिने क्रममा एकजना पूर्व प्रधानमन्त्रीलाई नजिकैबाट गोली हानेर हत्या गर्न सकिन्छ भन्ने कुराले जापान र विश्वभर चर्चा पाएको छ। 

६७ वर्षिय आबे जापान सहित विश्वका लागि चर्चित थिए । राजनीतिक , आर्थिक र कुट्नितिकमा लोकप्रिय बनेका उनी सबैभन्दा कम उमेर र सबै भन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका थिए।  

(एजेन्सीको सहयोगमा )

एजेन्सीको सहयोगमा )



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.