प्रेमीला गौचऩ,
न्युयोर्क,अमेरिका ||
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको एक राजनीतिक अभियानको क्रममा गोली लागेर अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ११:३० बजे पश्चिमी जापानको नारा प्रान्तमा चुनावी प्रचारको क्रममा गोली लागेर ढलेका थिए । ढलेलगत्तै नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । बेहोस अवस्थामा अस्पताल पुर्याइएका आबेको उपचारको क्रममा निधन भएको हो |
आबेलाई छातीमा २ पटकसम्म पछाडीबाट गोली लागेको थियो| शंकास्पद जो सँग बंदुक भेटिएको स्थानीय ४० वर्षीय व्यक्तिलाई हिरासतमा राखेको छ |
करिब तीन मिटर (१० फिट) पछाडिबाट गोली प्रहार भएपछि आबे त्यही बिच सडकमै ढलेका थिए | |
६७ वर्षीय आबे आगामी सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका माथिल्लो सदन निर्वाचनको प्रचारप्रसार क्रममा नारा गएका थिए |
आबेको मृत्युको घोषणा हुनु अघि बोल्दै, प्रधानमन्त्री फुमियो किशिदाले आक्रमणको निन्दा गर्दै भने: "यो बर्बर र दुर्भावनापूर्ण र यसलाई सहन सकिँदैन।"
आबेको मृत्युपश्चात विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन |
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले शिन्जो आबेको मृत्युबारे विज्ञप्ति जारी गरी समबेदना अर्पण गरेका छन् ।
इटालीका प्रधानमन्त्री मारियो द्राघीले शिन्जो आबेको निधन प्रति हाम्रो सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्। "इटाली यो भयानक आक्रमणबाट छक्क परेको छ, जसले जापान र यसको स्वतन्त्र लोकतान्त्रिक बहसलाई असर गर्छ। आबे हालैका दशकहरूमा जापानी र अन्तर्राष्ट्रिय राजनीतिक जीवनको एक महान नायक बनेका छन्, उनको नवीन भावना र सुधारको दृष्टिकोणको लागि धन्यवाद। इटालीका विचारहरू उहाँका प्रियजनहरू, सरकार र सम्पूर्ण जापानी जनतासँग छन्। ”
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रको तर्फबाट जापानलाई ट्वीट गरी समवेदना पठाएका छन|
त्यस्तै शिन्जो आबेको निधनमा भारतमा झण्डा आधा झुकाएर शनिबार एक दिनको राजकीय शोकको घोषणा गरिएको छ।
भारतका राष्ट्रपतिले ट्वीट गर्दै भनेका छन’ मलाई विश्वास गर्न गाह्रो छ कि शिन्जो आबे अब रहेनन्। उहाँ एक महान राजनीतिज्ञ हुनुहुन्थ्यो, र उहाँको संक्रामक स्नेहले उहाँलाई संसारभरि माया गर्यो। उनी हत्याराको गोलीको सिकार हुनु सिङ्गो मानवजातिको लागि दुखद घटना हो । उहाँको परिवार र जापानका जनताप्रति मेरो हार्दिक समवेदना।”
भर्खरै आधा घण्टा पहिले नेपाल मन्त्रिपरिदले पनि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । “ मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनिय कार्यको नेपाल सरकार घोर भत्सर्ना garda छ । उहाको निधनप्रती गहिरो दु:ख प्रकट गर्दै जापान सरकार,जापानी जनता र स्वर्गिय आबेको परिवारजनप्रती नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल सरकारले स्वर्गिय आबेको सम्म्मनमा मिती २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।” मन्त्रिपरिदको निर्णयमा उल्लेख छ ।
गोली हानी हत्या भएको ठाउँमा मानिसहरू भेला भइरहेका छन् र फूल तथा भेटीहरूले श्रद्धांजली अर्पण गरीरहेका छन्।
https://youtu.be/7VogrfLsWoM
(एजेन्सीको सहयोगमा)