जापानका पूर्वप्रधानमन्त्री आबे सिन्जोको निधन भएको आशंका

Everest Fuji News २०७९ असार २४ मा प्रकाशित       Published at 2022 Jul 08




जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको आशंका गरिएको छ |

टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा भनेका छन् ‘आबे कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।” जापानमा मृत्युको आधिकारिक पुष्टि हुनु अघि यो शब्द प्रायः प्रयोग गरिन्छ। 

स्थानीय फायर डिपार्टमेन्टले आबेको महत्त्वपूर्ण शरिरहरु चलायमन नभएको बताएको छ | 

स्थानीय समय अनुसार शुक्रबार बिहान ११:३० बजे पश्चिमी जापानको नारा प्रान्तमा चुनावी प्रचारको क्रममा गोली लागेर ढलेका थिए ।


आबेलाई छातीमा ५ पटकसम्म पछाडीबाट गोली लागेको थियो| शंकास्पद जो सँग बंदुक भेटिएको स्थानीय ४० वर्षीय व्यक्तिलाई हिरासतमा राखेको छ | 

करिब तीन मिटर (१० फिट) पछाडिबाट गोली प्रहार भएपछि आबे त्यही बिच सडकमै ढलेका थिए | | 

  ६७ वर्षीय आबे आगामी सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका माथिल्लो सदन निर्वाचनको प्रचारप्रसार क्रममा नारा गएका थिए | 

(एजेन्सीको सहयोगमा )



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.